महानगरपरिषदबाट भुगोलको आधारमा बजेट विनियोजन गर्नुपर्छ ः वडाअध्यक्ष कंडेल

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं.३१ मा चालु आर्थिक वर्षमा के कस्ता योजनाहरु सम्पन्न भएका छन् ? कति योजनाहरु सम्पन्न हुन बाकी छन् ? आर्थिक वर्ष २०८० / ०८१ मा कुन क्षेत्रलाई प्रामथमिकता दिइन्छ ? यिनै विषयसँग रहेर पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कंडेलसँग गाउँले मिडियाका ऋषिराम रानाभाटले गरेको कुराकानीको सम्पादित अंश
यहाँको कार्यकालको पहिलो वर्षलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
पहिलो वर्ष चुनावी वर्ष भए पनि हामीले राजनितिदलका प्रतिनिधिहरु, विज्ञहरु सबैको सल्लाह बमोजिम बजेट विनियोजन गरियो । ३१ नं.वडामा हरेक टोलका जनताको मन छुने गरी विकास निर्माणका कार्यहरु भएका छन् । जनता केही हदसम्म सन्तुष्टि भएको मैले महशुष गरेको छु ।
चालु आर्थिक वर्ष २०७९/०८० मा कतिवटा योजनाहरु सम्पन्न भए र कतिवटा सम्पन्न हुन बाँकी छन ?
चालु आर्थिक वर्षमा हाम्रो वडाको लागि महानगरपरिषदबाट २ करोड १९ लाख बजेट वियिोजन भएको र विच विचमा थप बजेट आएको हुँदा यस आर्थिक वर्षमा ७ करोड भन्दा बढी बजेटबाट ९६ वटा योजनाहरु मध्ये ६० वटा योजनाहरु सम्पन्न भएका छन् । ३० वटा योजनाहरु सम्पन्न हुने तयारीमा रहेका छन् । बाँकी ६ वटा योजनाहरु सम्झौता हुने तयारीमा रहेका छन् । समयमा नै ९६ वटै योजनाहरु सम्पन्न हुने विश्वास रहेको छ र त्यही अनुसार काम अगाडि बढिरहेको छ ।


बजेट फ्रिज हुने सम्भावना छ कि छैन ?
चालु आर्थिक वर्षमा बजेट फ्रिज हुने सम्भावना न्यून रहेको छ ।
पोखरा ३१ मा मापदण्ड मिचेर भौतिक रंरचना निर्माण भएका छन् , वडा कार्यालय कानम तेल हालेर बसेको छ भन्ने आरोप छ नि ।
हामी निर्वाचित भएर आए पछि सरकारी मापदण्ड मिचेर कुनै नयाँ भौतिक संरचना भएका छैनन् । यो आरोप निराधार हो । हामीले भनेका छौं यदी कोही कसैले सरकारी मापदण्ड मिचेर विलकुलै नयाँ संरचना निर्माण गरेको छ भने , मैले जानकारी पाएको खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना वडाले राक्नेछ ।
बेगनासताल क्षेत्रमा पर्यटन प्रबद्र्धनको माध्यमबाट धार्मिक, सामाजिक तथा आर्थिक विकास गर्न प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्रमा यस क्षेत्रको विकासका लागि के कस्ता योजनाहरु रहेका छन् ?
यस क्षेत्रको समग्र विकासका लागि तालको वरिपरि फुट ट्रयाकको निर्माण गरिने , तालको सरसफाइ त भइनैहाल्यो , माझठाना, बेगनास बाट बगेर आउने खोला ताथ पहिरो रोकथामका लागि संघ , प्रदेश र महानगरसँग सहयोग माग गर्ने बेगनासताल पारी कंडेलटुँडामा बराह मन्दिर निर्माण जुन गौरबको योजना हो त्यसका लागि ११ करोड बराबरको डिपीआर तयार भएको र अहिले गण्डकी प्रदेश सरकारबाट ५० लाख लागतमा मन्दिरको वाल निमाएण कार्य भइरहेको छ ।
दीर्घकालिन रुपमा यस क्षेत्रको विकास गर्न के कस्ता ठूला योजनाहरु छन ?
समग्र यस क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक विकासका लागि शिशु स्याहार केन्द्रमाथिको डाँडामा बस पार्क निर्माण गर्ने योजना रहेको छ । मोहोरीया, श्याङखुदी हुँदै आनन्दज्योतिम मोटरबाटो कालोपत्रे गर्ने योजना रहेको छ । श्याङखुदी, बज्रबरे बञ्ज्याङ मोटर बाटो, त्रिकाङचोक डाले मार्ग, एकान्तकुना हुँदै किमवेशीको बाटो स्तर उन्नती र पिच गर्ने योजना रहेको छ । वनपोखरी , पिप्ले तिनकुवा, रयालेको बाटोलाई पर्यटकिय बाटोको रुपमा विकास गर्ने । पिक्निक स्पोर्टहरुलाई पर्यटकिय स्थलका रुपमा विकास गर्दै जाने योजना रहेको छ ।


अहिले लेखनाथ क्षेत्र पोखरा महानगरहुँद लेखनाथ क्षेत्रको विकासका लागि पछि परेको भन्ने गुनासो आएको छ , अझै भन्नु पर्दा लेखनाथ छुट्टै बनाउनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ , यस सम्बन्धमा यहाँको भनाई के छ ?
महानगरको बैठकमा र परिषदको बैठकमा पनि हामीले पटक पटक ठूला ठूला गौरबका योजनाहरुलाई छनौट गरी लेखनाथ क्षेत्रको विकासका लागि भनेका छौं । तुलनात्मक रुपमा लेखनाथ क्षेत्रको जति विकास हुनुपर्ने हो नभएकोमा जनताको आवाज आउनुलाई अन्यथा ठान्न हुन्न ।
आगामी आर्थिक वर्ष २०८० / ०८१ को योजना तर्जुमा तयारीमा जुटिरहनु भएको छ , आगामी आर्थिक वर्षमा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने योजना बनाउनु भएको छ ?
यस सम्बन्धमा हामीले एक पटक महानगर प्रमुखको उपस्थितिमा योजना तयारी सम्बीन्ध अन्तरक्रिया कार्यक्रम पनि गरयौ , जनाताको सुझावहरु संकलन गरेका छौ र जनताको सुझावलाई समेट्दै स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि , खेलकुद , साँस्कृति क्षेत्रमा नै प्राथमिकता दिइने छ ।
जननिर्वाचित भएर वडा अध्यक्षको रुपमा काम गर्दै गर्दा वडा कार्यालय , प्रदेश सरकार र महानगर विचको राम्रो समन्वय नभएको भन्ने गुनासोलाई यहाँले के भन्नुहुन्छ ?
त्यस्तो हैन , यदी राम्रो समन्वय नहुने हो भने काम गर्ने सकिने थिएन । समन्वय राम्रो छ । तर हामीले भनेका छौं महानगर परिषबाट वडालाई बजेट ििवनियोजन गर्दा राजश्व संकलन र जनसंख्याको आधारमा नभइ भुगोलका आधारमा बजेट विनियोजन गर्नुपर्छ भनेर हामीले विगतमा भनेका थियौ र अहिले पनि भनेका छौं । यदी भूगोलका आधारमा वडालाई बजेट ििवनियोजन गरेको खण्डमा लेखनाथ क्षेत्रमा सोचे अनुसार विकास गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्