हेलो हेल्थमा निःशुल्क दन्त परिक्षण

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २८ जेठ । पोखरा महानगरपालिका वडा नं २६ को बूढीबजार रहेको हेलो हेल्थ क्लिनिक्मा सेवाग्राहीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै एक दिने निःशुल्क दन्त परिक्षण सिविर संचालन गरेको छ ।

दाँतका समस्याहरुको बारेमा निःशुल्क परामर्श सेवाको साथै मुखको स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उदेस्यले राखिएको शिविरमा दन्त चिकित्षक डा सुनयन सुबेदी र डा सुबेक्षा थापा द्वारा ६० जना बिरामीहरुको सफल उपचार गरिएको थिए ।

कार्यक्रममा हेलो हेल्थ क्लिनिक्कका संचालक मदन बरालले समाजिक उत्तरदाईत्व अन्तरगत समाजमा रोग लाग्नु पर्व नै रोग्न लाग्नै नदिने उपायहरुका बारेमा जनचेतना फैलाउदै आएको बताएका थिए ।

सोही अवसरमा संस्थाका मेडिकल डाइरेक्टर डा ईशा श्रेष्ठले दातको उचित तरिकाले हेरचाह गर्नका लागि समय समयमा टूथब्रस परिवर्तन गर्नुपर्ने सुझाव राख्दै दात विनाको जिवन आत बिनाको शरिर जस्तो भएकाले बेलैमा होशियारी अपनाउनु पर्नेमा जोड दिएकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्