पाोखरा १४ र २७ मा रास्वपा वडा समिति गठन

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ ३ असार ।
वडा तह सम्म राष्ट्रिय स्वतन्त्र पाटीको साखा विस्तार गर्ने अभियान अन्तरगत पोखरा महानगरपालिका वडा नं. १४ र २६ मा वडा समिति गठन गरिएको छ ।

शनिवार छुट्टा छुटै ठाउमा भएको वडा भेलाले पोखरा १४ मा राजन भण्डारी र पोखरा २७ मा सुनिल वरालको संयोजकत्वमा वडा समिति गठन गरेको हो ।

पोखरा १४ मा गठन भएको ११ सदस्यीय समितिको उपसभापतिमा अम्विका बानिया,सचिवमा मिनु कडेल र सदस्यहरुमा भुमिनन्द भटराई,कृष्ण वहादुर कार्की,रामचन्द्र कार्की,पुरुषोतम पौडेल,सरला खड्का,सर्मिला अधिकारी ,खेम बहादुर केशी र लक्ष्मी वि क लाई चयन गरेको हो ।

यसैगरि पोखरा महानगरपालिका २७ को वडा भेलाले रोशन अधिकारीलाई उपसभापति, ध्रुवराज पौडेललाई सचिव र बृहस्पती पौडेल, प्रताप ओझा,रमेश तामाङ,मिना कुमारी अधिकारी र तेज नेपालीलाई सदस्यमा चयन गरेको हो भने भेलाले ¥यापिट संयोजकमा रमेश तामाङड्ड र सल्लाहकारमा थम बहादुर रानाभाट, सोमराज त्रिपाठी, रमेश पौडेल र राधामोहन पौडेललाई चयन गरेको हो ।

यस अघि पोखरा २७ मा भएको भेलालाई सम्वोधन गर्दै गैह् आवासीइ नेपालीकी संयोजक विष्णु गुरुङले नेपाल बहु धर्म,भाषा,सस्कृती र जातजाती भएको देश भएकाले सवैलाई समेट्ने गरि संवैधानिक समाजबाद, डिजिटल डेमोक्रोसी र विकासवादको सिध्यान्तलाई पाटीले अंगीकार गरेको धारणा राखेकी थिईन ।

कार्यक्रममा जिल्ला संयोजक राजु राई, कानुन ब्यवसायि लेखनाथ सापकोटा, प्रदेश इन्चिार्ज झविलाल डुम्रे,स्याङजा जिल्ला संयोजक विश्वास भण्ढारी, पोखरा महानगर सदस्य पुर्ण बहादुर खड्का र स्थानियहरुको तर्फबाट ध्रुव पौडेल लगायतले पाटीले राष्ट्र निर्माण र परिवर्तनका लागि अगाडी सारेको अभियानलाई सवैले आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका थिए ।

तदर्थ समितिका संयोजक रोशन बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रिय सदस्य लक्ष्मी रानाभाटले र कार्यक्रम संचालन वडा नं २६ का सचिव विष्णु सापकोटाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्