विदेशी पर्यटक रमाए पोखराको १८ औं असारे महोत्सवमा ( तस्बिर सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , १५ असार ।
पोखरा महानगरपालिका वडा नं.१३ डुम्रीबोट कसरीमा १८ औं संस्करणको रोपाईं महात्वसब मा विदे्रश्री पर्यटक रमाउँदै हिलो खेलेको दुस्य देख्न पाइएको थियो ।

प्रत्येक सिजनमा पोखरा खुल्ला रहेको जानकारी दिने उद्धेश्यले पोखराको कसरीमा १८ औं रोपाई महोत्सवको आयोजना गरिएको हो । पोखरा पर्यटन परिषदको आयोजना, पोखरा महानगरपालिका वडा १३ र २८ को सह–आयोजनामा काहुखोला कसेरीमा आयोजना गरिएको महोत्सवमा नेपाली तथा विदेशी पर्यटक रमाइरहेको दृश्य देख्न पाइएको थियो ।

रोपाइ महोत्सवमा आयोजित घैटो फुटाई प्रतियोगिता, रस्सी तानातान प्रतियोगिता लगायत दौड प्रतियोगितामा विदेशी पर्यटकको सहभागिता रहयो ।

नेपाली खाजा सेलरोटी सङ्गै दहीचिउरा खाँदै नेपाली पन्चे बाजामा समेत नाचिरहेका थिए । यस्तै रोपाई महोत्सव हेर्न दर्शकको घुइँचो लागेको थियो । ग्रामिण भेग भएकाले पनि दर्शकको उपस्तिथि बाक्लो देखिन्थ्यो । कसेरी, आर्वा, कालिका लगायतका गाउँका मानिस महोत्सवको अवलोकन गर्न झरेका थिए । पोखराको बजार क्षेत्रबाट समेत ठूलो संख्यामा कसेरी पुगेका थिए । मौसमले पनि साथ दिएका कारण चर्चित लोकदोहोरी गायक प्रकाश सपूतको प्रस्तुतिमा दर्शक झुम्मिएका थिए ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरा पर्यटन प्रवर्द्धनका लागि सबैको समन्वय हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँले १८ औं संस्करणको रोपाई महोत्सवको उद्घघाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ता कार्यक्रमले नेपालीको संस्कृति, धर्म रितिरिवाजको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गुर्न भयो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बाह्य पर्यटकलाई आकर्षण गर्ने हेतुले नै रोपाई महोत्सवको आयोजना गरिएको बताउनु भयो । हरेक वर्ष नयाँपन दिलाई नयाँ ठाउँमा रोपाई महोत्सवको आयोजना गरिएको सो अवसरमा उहाँले जानकारी दिनु भयो ।

“पोखराको सबै मौसमका लागि” भन्ने नाराका साथ आयोजना गरिएको १८ औं रोपाई महोत्सवमा पोखरा १३ का वडा अध्यक्ष किरण बराल, पर्यटन बोर्डका निमित्त प्रमुख नविन पोख्रेल, पोखरा २८ कृषि सञ्जालका संयोजक चन्दकान्त तिवारी लगायतले सम्बोधन गरेका थिए भने पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष कृष्ण भण्ढारीले स्वागत गरेका थिए

“आर्वाको घारी, बैदामको बारी ,माझठानाको टारी” नामले परिचित पोखरा २८ र १३ मा स्थानीय झिनुवा, जेठोबुढो, मन्सरा, बिरमफुल, गुर्दी, चैते, एक्ले , छोटे, घैया, अनदी, मनसुली धान रोपिन्छ ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्