लेउवा संघको सडक दौडमा पुरुष तर्फ राहुल र महिला तर्फ चेली माया प्रथम (तस्बीर सहित)

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १७ असार । लेखनाथ उद्योग बाणिज्य संघको २७ औं स्थापना दिवस तथा २६ औं बार्षिकोत्सवको पुर्व सन्ध्यामा राखिएको पुरुष तर्फको सडक दौडमा राहुल थापा प्रथम भएका छन् ।

संघका सदस्यहरुका विच भातृत्वको सम्वन्ध विस्तारमा सहयोग पुग्ने गरि संघका सदस्यहरुका विच राखिएको सडक दौडमा मदन थापाले दोस्रो,सन्तोष श्रेष्ठ तेस्रो,राजकुमार श्रेष्ठ र खड्क बहादुर कुमालले चौथो स्थान हासिल गरेका थिए ।

यसै गरी पोखरा २९ को भण्डारढीक खेल मैदानबाट लेखनाथ महोत्सव स्थलसम्मको करिव साडे दुई किलोमिटरको दुरीमा भएको महिला सदस्यहरु विचमा भएको सडक दौडमा चोलीमाया थापा प्रथम, छाया वसौला द्धितिय र एलिजा गुरुङ तृतिय भएकी छन् भने ५० वर्ष माथीको समुहमा भएको प्रतियोगितामा दुर्गा बहादुर थापा प्रथम,मुकुण्द घिमिरे द्धितिय र गोपिचन्द्र वास्तोलाले तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

विजयी भएकाहरुलाई संघको स्थापना दिवस असार २० गते राखिएको मुल समारोहमा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार,द्धितियलाई आठ हजार,तृतियलाई चार हजार र सान्तोना हुनेलाई दुई हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक राजेन्द्र ओझाले जानकारी दिनु भयो ।

 

 

 

 

 

कृषि उपज खरिद विक्रि केन्द्रमा हाट बजारको शुभारम्म

यसैविच सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघले संचालनमा ल्याएको कृषि उपज खरिद विक्रि केन्द्रमा प्रत्येक शनिवार खुल्ने गरि स्थानिय किसानका उत्पादनलाई बजारीकरण गर्न सहज हुने गरि संचालनमा ल्याएको हाट बजारको शुभारम्म समेत गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले किसानको खेतवारीमा फलेका फलफूल र तरकारी जन्य उत्पादनलाई बजारीकरण गर्न सहज हुने उदेश्यले पहिलो चरणमा हरेक सनिवार खुल्ने गरि कृषि हाट बजार केन्द्र स्थापना गरिएको बताउनु भयो ।

कृर्षि प्रवद्धन उप समितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेय,वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी

(राजु)ले सवैको साथ र सहयोगले लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायीहरुको मन जित्न सफल भएको धारणा राख्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्