डायमण्ड मा.वि.मा स्मार्ट प्रविधिबाट अध्यापन गराइने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, असार १८ । पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा रहेको डायमण्ड माध्यामिक विद्यालयमा स्मार्ट प्रविधिको माध्यमबाट अध्यापन गराइने भएको छ ।

सोमबार गुरुपूर्णिमाको अवरमा उक्त प्रविधिको शुभारम्भ गरिएको हो । आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचर कार्यक्रमको शुभारंभ गरिएको हो ।

प्रविधिमा कप्यूटर, आईप्याड, आईफोन, ल्यापटपको प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लीकेसनमा आफ्नो युजर आईडी र पास वर्ड मार्फत पाठ्य सामाग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सकिने बताइएको छ ।

यो प्रविधि डायमण्ड मा.वि ले पोखराको क्षेत्रमा पहिलो पटक प्रयोग गरेको हो । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोश्रो शिक्षक सिकाईका रुपमा अगाडी बढाईने विद्यालयले जनाएको छ ।

कार्यक्रमको शुभारंभ गर्दै, पोखरा विश्वविद्यालयका पूर्व डिन प्रा.डा. इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताउनु भयो । उहाँले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकरात्मक भएको उल्लेख गर्नु भयो । शिक्षाविद् तिवारीले शिक्षणमा एप्सको प्रयोग गरी डिजिटल माध्यमले शिक्षण सिकाईलाई सहजता बनाउने बताउँदै यसका लागि शिक्षक र विद्यार्थीहरुमा प्रविधिको माध्यमबाट सिक्ने तत्परता हुनुपर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् लक्ष्मी आदर्श मा.वि पूर्व शिक्षक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गरेको बताउँदै शिक्षकमा इमान्दारिता हुनुपर्नेमा जोड दिनु भयो ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिंदै प्रविधिको माध्यमबाट सिर्जसिल शिक्षण सिकाई हुनुपर्नेमा जोड दिनु भयो ।

विद्यालयका संस्थापक प्राचार्य एम बहादुर रोकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि समय परिवर्तसँगै पराम्परागत शिक्षण सिकाइलाई प्रविधिको माध्यमबाट शिक्षण सिकाईबाट परिश्रम अनुसाको लक्ष हासिल गर्ने उद्धेश्यका साथ प्रविधिको प्रयोग गरिएको बताउनु भयो । पछिल्लो पुस्ता प्रविधिमा अभ्यस्त हुँदै गएको बताउँदै स्मार्ट प्रविधिलाई मेरो सेकेण्ड टिचरका रुपमा विकास गर्दै, श्रब्यदृश्य सम्बाद, अन्तरक्रिया, प्रश्नोत्तर एवं अभ्यासले विद्यार्थीहरुमा सिर्जनशिलताको प्रयोग हुनेमा विश्वस्त रहेको रोकाले उल्लेख गरे ।

विद्यालयका निर्देशक माधव शरण उपाध्यायले डायमण्डबाट दिक्षित भएका विद्यार्थीहरु संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गर्दै, आगामी पुस्ता अझ शसक्त भएर निस्कने बताउनु भाये । उहाँले प्रविधिलाई होशियारका साथ प्रयोग गरिने बताउँदै प्रविधिको सहयोगले शिक्षण सिकाइलाई स्तरीय बनाउने विश्वास व्यक्त गर्नु भयो ।

 

स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मेरो सेकेण्ड टिचरका रुपमा बिकास गर्ने गरी कक्षाहरुमा स्मार्ट प्रविधि जडान गरिएको विद्यालयका शैक्षिक प्रमुख इञ्जिनियर संजिब थापाले बतानु । उहाँले डिजिटल कक्षा कोठा, शिक्षकहरुका लागि पाठ्य सामाग्री निर्माण, सेमिनार, अन्तर संवाद लगायतका माध्यम समावेश गरिने उल्लेख गर्नु भयो ।

विद्यार्थी र शिक्षकको बृत्तर बिकासका लागि काठमाण्डौं विश्वविद्यालय, आईएनजी स्किल एकेडेमी, लावण्य इन्टरनेशनल र बेलायतको एनसिसि डिजी स्कुल एवं सिद्धराजा इन्टरनेशनल स्कुलसँग सहकार्य गरिएको शिक्षक थापाले जानकारी दिनु भयो ।

थापाले सिद्धराजा इन्टरनेशनलसँग विद्यार्थी तथा शिक्षकको अध्ययन र अध्यापन आदान प्रदान, एनसिसि डिजी स्कुलसँग कक्षा ४ देखी ७ सम्मका विद्यार्थीहरुलाई युके बेस आईटी कोर्स संचालन गरिएको बताउनु भयो । उहाँले लावण्य इन्टरनेशनलसँग बालबिकास केन्द्रका विद्यार्थीका लागि शिक्षण र सिकाई विधि, काठमाण्डौं विश्वविद्यालयसँग प्रोफेसनल शिक्षा, पाठ्य सामाग्री तयारी र स्किल एकेडेमीसँग स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचरका लागि स्मार्ट प्रविधिका लागि सहकार्य गरिएको बताउनु भयो ।

विद्यार्थी प्रिती न्यौपानेले शिक्षण सिकाईमा प्रविधिको प्रयोग भएको प्रशन्नता व्यक्त गर्दै प्रविधिले सबै विद्यार्थीको पढाइलाई प्रभाकारी बनाउने विश्वास व्यक्त गर्नु भयो । आफ्नो भविष्यलाई प्राथमिकातामा राखी विद्यालय र आफ्नो परिवारको शीर कहिल्ये झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्किल एकेडेमीका निखिल श्रेष्ठ, दिक्षा खनाल लगायतले कार्यक्रमको बारेमा बोलेका थिए भने कार्यक्रमको संचालन विद्यालयका संस्थापक हरिप्रसाद लामिछानेले गरेका थिए ।

बि.सं. २०४३ सालमा स्थापना भएको यस क्षेत्रकै संस्थागत विद्यालयको रुपमा रहेको डायमण्ड माध्यामिक विद्यालयले २०५२ साल देखी एस एल सी प्रवेशिका परिक्षामा विद्यार्थीहरुलाई सामेल गराउँदै आएको छ भने २०६३ साल देखी दश दुई जोडको अध्यापन गराउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्