रोटरी क्लव अफ लेखनाथको बृक्षारोपण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २७ असार । आफनो घर आगनको वातारवरण स्वच्छ राखौ भन्ने मुलका साथ रोटरी क्लव अफ लेखनाथले पोखरा –२९ मा बृक्षारोपण गरेको छ ।
सामाजिक उत्तरदायीत्व अन्तरगत पोखरा–२९ को नवदुर्गा आधारभुत विद्यालय परिसरमा बिभिन्न जातका फल फूलका विरुवाहरु रोपिएको हो ।
विद्यालय परिसरमा गरिएको वृक्षारोपण कार्यक्रममा वडा नं २९ का वडासदस्य क्षेत्र बहादुर गुरुङले विश्वमा बढदै गएको वातावरणीय समस्यलाई मध्यनजर राख्दै बृक्षारोपणको अभियानलाई तिव्रताका साथ अगाडी वढाउदै नयाँ घर बनाउने वडावासीले आफनो घर अगाडी विरुवा लगाउनै पर्ने नियम बनाउन लागेको बताउनु भएको थियो ।
क्लवका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विर बहादुर गुरुङ,क्लवका पुर्व अध्यक्ष शिवमणि भण्ढारी र क्लवका सचिव माधव प्रसाद वराल लगायतले विरुवा रोप्नु मात्र ठुलो कुरा नभई रोपिएका विरुवालाई समय समयमा गोडमेल र रेखदेख गर्न सके मात्र वरिपरीको वातावरण स्वच्छ र हराभरा हुने धारणा व्यक्त गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्