लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको वृक्षारोपण

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ३० असार । लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले वुक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ आइ अन्तरगत रहेको क्लबले पोखरा २७ को चन्द्रकालिका मन्दिर परिसरमा शनिबार विभिन्न थरीका फलफूलका बोटविरुवाहरु रोपिएको हो ।
कार्यक्रममा वातावरण बचाउ कार्यक्रमका डिष्ट्रिक संयोजक सुदिपराज ढुङ्गानाले मानव जीवन र बोटविरुवा विचको सम्बन्धका बारेमा चर्चा गर्दै वातावरणलाई स्वच्छ राख्नको लागि बोटविरुवाहरु रोप्नु जरुरी रहेको बताउनु भयो । बोटविरुवाहरु रोपेर मात्र नभई समय समयमा गोडमेल गरी बोटविरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

यसै गरी सोही कार्यक्रममा सिनियर एड्भाइजर एवम् क्लबका संस्थापक अध्यक्ष नगेन्द्रराज बराल, रिजन चियर पर्सन कल्पना गुरुङ, जोन चियर पर्सन बद्रिका ढुङ्गाना, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष बहादुर खत्री, पुजारी हिम बहादुर ढकाल लगायतले मानव जीवनमा बोटविरुवाको महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।

त्यस्तै क्लबका अध्यक्ष सुरेन श्रेष्ठले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्दै लायन्स क्लबले गरेका सामाजिक तथा मानवीयका सेवाका कार्यक्रमहरुका बारेमा स्पष्ट पार्नु भएको थियो । क्लबका द्धितिय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक निर्भान देवाले धन्यवाद ज्ञापन गरेका थिए भने क्लबका सचवि भुवन राज बरालले कार्यक्रम सञ्चालन गर्नु भएको क्लब अध्यक्ष सुरेन श्रेष्ठले जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्