पोखरा २८ मा कानूनी सचेतना प्रशिक्षण

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ, ११ साउन । पोखरा महानगरपालिका वडा नं.२८ कालिकामा कानूनी सचेतना प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सबै नागरीकले कानूनलाई पालना गर्नुपर्ने बताउनु भयो । कानूनलाई मिचेर विभिन्न किसिमका अपराधीक कृयाकलाप हुने गरेको बताउँदै त्यस्ता अपराधिक कृयाकलापमा संलगग्न जो कोहीलाई पनि कानूनले नछोड्ने बताउनु भयो । कानूनी राज्यमा संविधानमा उल्लेखीत कानूनी निति नियमहरुलाई पालना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

सामुदायिक सेवा केन्द्र कालिकाको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी बरिस्ठ नायब निरिक्षक होत बहादुर रोकाहाको प्रशिक्षणमा कास्की जिल्ला प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले कसैले पनि कानूनलाई हातमा लिन नहुने बताउँदै कानून उलंघन गरी अपराधिक कृयाकलाप गर्दा कानुन अनुसार हुने सजाय लगायतका विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।

यसै गरी सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष विकल केसीले सामुदायिक सेवा केन्द्रले समाजमा गरेका सामाजिक कार्यहरुको वारेमा चर्चा गर्दै विकिृति , विसंगती रहित सभ्य समाज निर्माणमा सामुदायिक सेवा केन्द्रलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
स्थानीय आमा समुह, बिद्यार्थी, स्थानीयवासि कार्यसमिति पदाधिकारी तथा सदस्य सामुदायिक सेवा जिल्ला समन्वय समिति, प्रहरी कर्मचारी तथा जनप्रतिनिधि लगायतको उपस्थित रहेको प्रशिक्षण कार्यक्रममा कार्यक्रमको संचालन संस्थाका सचिव मनोहरी बस्ताकोटीले गर्नुभएको थियो भने उक्त कार्यक्रमको संयोजन प्रहरी ईन्चार्ज रवि प्रकाश कुर्मीले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्