लायन्स क्लब अफ बेगनास तालनगरीको वृक्षारोपण (फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ, १३ साउन । लायन्स क्लब अफ बेगनास तालनगरीले वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रियक ३२५ एल अन्तरगत रहेको लायन्स क्लबले वर्ष २०२३/२४ को पहिलो कार्यक्रम पोखरा ३१ लाँकुरीमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
क्लबका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जोन ३ का जोन चियर पर्सन लक्षमण तिमिल्सिनाले क्लबले वृक्षारोपण कार्यक्रमबाट नयाँ लायन वर्षको कार्यक्रम सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै मानव जीवनमा बोटविरुवाको महत्वका बारेमा चर्चा गर्नु भएको थियो । आगामी दिनमा क्लबले सम्पादन गर्ने कार्यक्रमहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

क्लबका पूर्व अध्यक्ष एवम् रिजन बि का रिजन चियर पर्सन प्रभा भुजेलले क्लबका सबै साथीहरुको समन्वयबाट नै आज वृक्षारोपण कार्यक्रम गरिएको बताउँदै रोपिएका विरुवाहरुलाई समय समयमा गोडमेल पनि गरिने बताउनु भयो ।

यसै गरी क्लबका सह सचिव एवम् कार्यक्रम संयोजक तारा सुवेदीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । क्लबका सचिव सपना सुवेदीले सञ्चालन गर्नु भएको उक्त वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु एवम् वर्तमान पदाधिकारीहरु, लायन्स क्लब अफ पोखरा फेवा हेल्पफुल ह्याण्डका अध्यक्ष तिल बहादुर गुरुङको उपस्थिती रहेको थियो भने विभिन्न जातका करिब ५० वटा बोटविरुवाहरु रोपिएको क्लबका कोषाध्यक्ष वर्षा मगरले जानकारी दिनु भयो ।

वृक्षारोपण गर्दै जोन चियर पर्सन लक्षमण तिमिल्सिना, क्लबका अध्यक्ष त्रिलोचन लामिछाने, क्लब सचिव सपना सुवेदी
क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट र नयाँ क्लब लायन्स क्लब अफ पोखरा फेवा हेल्पफुल ह्याण्डका अध्यक्ष तिल बहादुर गुरु
प्रमुख अतिथि जोन ३ का जोन चियर पर्सन लक्ष्मण तिमिल्सिनालाई मायाँको चिनो प्रदान गर्दै क्लब अध्यक्ष त्रिलोचन लामिछाने र साथमा साथीहरु

 

वृक्षारोपण कार्यक्रममा सहभागी साथीहरु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्