नेपाल विद्यार्थी संघ कास्कीको रक्तदानमा ५२ युनिट रगत संकलन

गाउँले मिडिया
  • ख-
  • ख+

नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा ११० औं विपि जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । नेविसंघ कास्कीका अध्यक्ष राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री यज्ञ वहादुर थापाले विपिवादको सिद्धान्त सवै पार्टीले अवलम्वन गरेको दाबी गर्नु भयो । उहाँले विपिवादको चिन्तनले नै नेपाली काङ्ग्रेस देशकै उत्कृष्ट र जनता प्रेमी पार्टी वनेको वताउनु भयो ।

सोहि कार्यक्रममा नेका क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने , नेपाली काङ्ग्रेस कास्की जिल्ला उपसभापति रामवावु भण्डारी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वावुराम गिरी,, नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, धर्म राज शाही, नसिव गुरुङ, निर्दोष विक्रम पौडेल, लगाएतले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
नेविसंघ कास्कीका सभापती राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भावना पौडेलले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्