पोखरा २८ रत्न शोभा माविमा जनचेतामुलक तीजगीत प्रतियोगिता

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२९ भदौ । पोखरा महानगरपालिका वडा नं २८ स्थित रत्न शोभा माध्यमिक विद्यालयले ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालिका तिजको अवसर पारेर जनचेतना मुलक तिज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा नारीका वेदना, महिला हिंसा, महिलालाई शिक्षा, समाजका विकृति विसंगती लगायत विविध विषयमा केन्द्रित भएर विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए ।

८ वटा समूहको सहभागीता रहेको प्रतियोगितामा कक्षा १२ का कविता लामिछानेको समूह प्रथम, कक्षा ७ का स्नेहा तिवारीको समूह द्धितीय , कक्षा ६ का प्रकृति तिवारीको समूह तृतीय भएका थिए भने उत्कृष्ट नृत्यमा स्नेहा तिवारी पुरस्कृत भएकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापक उदयराज ओझाले नेपालीको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै विद्यार्थीहरुमा रहेको प्रतिभा प्रफुस्ट गराउने उदेश्यका तीज गीत प्रतियोगिता आयोजना गरिएको बताए ।

अतिरिक्त क्रियाकलाप प्रमुख गोपी मायाँ गुरुङले स्वागत एवम् प्रतियोगिता सम्बन्धि नियमका बारेमा स्पष्ट पारेकी थिइन् भने निर्णायक मण्डलमा शिक्षक भेषराज सुवेदी , शिक्षक मुक्तिनाथ खनाल र शिक्षक प्रकाश तिवारी रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्