निशुल्क मधुमेह परिक्षण सम्पन्न ( फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ८ असोज । लायन्स क्लब अफ बेगनास तालनगरीको आयोजनामा निशुल्क मधुमेह परिक्षण सोमबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं.३१ काफ्ले स्वास्थ्य क्लिनिक अन्तगरगत एल सि डायगोनोस्टिक सेन्टरमा गरिएको निशुल्क मधुमेह परिक्षणमा ५१ जनाको परिक्षण गरिएको क्लबका अध्यक्ष एवम् एल सि डायगोनोस्टिक सेन्टरका सञ्चालक त्रिलोचन लामिछानेले जानकारी दिए ।

क्लबको नियमित कार्यक्रम अन्तरगत सञ्चालन गरिएको बताउँदै क्लबका अध्यक्ष लामिछानेले अहिले नेपालमा धेरै भन्दा धेरे नेपालीमा मधुमेह रोग देखिएको बताउँदै समयमै नै यस रोग सम्बन्धि जानकार िगराउँदै यस सम्बन्धि सचेत गराउने उद्धेश्यका साथ कार्यक्रम गरिएको बताए । कार्यक्रममा रिजन चियर पर्सन प्रभा भुजलले नपुगेका ठाउँमा पुगौं भन्ने लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल को थिम अनुसार सम्पन्न गरिएको कार्यक्रमले अगामी दिनमा मधुमेह रोगका बारेमा सबै जनालाई सचेत हुन प्रेरित गरेको विश्वास व्यक्त गरिन् ।

कार्यक्रमा क्लबका पदाधिकारीहरु, संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्व अध्यक्षहरु शक्ति श्री तिवारी, केशव राज तिवारी, रिजन चियर पर्सन एवम् क्लबका पूर्व अध्यक्ष प्रभा भुजेल लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव सपना सुवेदीले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्