निशुल्क मेघा स्वास्थ्य शिवीर हुने

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ९ असोज । लायन्स क्लब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा निशुल्क मेघा स्वस्थ्य शिवीर हुने भएको छ ।
पोखरा ३१ आनन्द ज्योती माध्यमिक विद्यालयमा आगामी असोज १३ गते शनिबार हुने उक्त शिविरमा विशेष गरी मुटु रोगको परिक्षण गरिने आयोजकले जानकारी दिएको छ ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा हुने शिवीरमा वरिष्ट मुटु रोग विशेषज्ञका साथै जनरल फिजिसियनद्धारा परिक्षण गरिने उक्त शिवीरमा निशुल्क ओषधी समेत वितरण गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखका सचिव कृष्ण तिमिल्स्निाले जानकारी दिए ।
अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल को नपुगेको स्थानमा पुगौं भन्ने थिम अनुसार गाउँका असाय, असक्त, तथा आर्थिक कम्जोर भएका नागरीकहरुको हितलाई मध्यनजर राख्दै निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष त्रिलोचन तिवारीले बताए ।
पोखरा ३१ को आनन्द ज्योती माविमा हुने शिवीरमा उपस्थित भई स्वास्थ्य लाभ लिनु हुन रिजन चियर पर्सन प्रभा भुजलले सम्पूर्ण वडावासीहरुमा आग्रह गरेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्