निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न (फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १३ असोज । लायन्स कलब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा एक दिने निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य श्विीर शनिबार सम्पन्न भएको छ ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञापन प्रतिष्ठानका बरिष्ट मुटु रोग विशेषज्ञ डा.सुमन अधिकारीको नेतुत्वमा जनरल फिजिसियनद्धारा मुटु रोग सम्बन्धि परीक्षण , मुटुको इसीजी , प्रेसर परीक्षण समेत गरिएको थियो भने शिवीरमा १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका थिए ।
आनन्द ज्योती माध्यमिक विद्यालयमा सम्पन्न भएको शिवीरमा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का डिष्ट्रिक को चिफ एडभाइजर बाबुराम अधिकारीले मानव जीवनमा स्वास्थ्यको अति नै महत्व भएको बताउँदै जिवन शैली र खानपानका कारण रोग लाग्ने बताउँदै हामीले स्वास्थ्य जीवन जिउनका लागि आहार विहारमा ध्यान दिनुपर्ने बताए ।
यसै गरी पोखरा ३१ का वडा सदस्य देवेन्द्र अधिकारीले पोखरा ३१ बेगनासमा आएर निशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिवीर गरेको आयोजकलाई धन्यवाद दिंदै आगामी दिनमा यस्ता कार्यक्रममा वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत स्वास्थ्य उपसमितिका सदस्य नवराज अधिकारी, जोन चियर पर्सन डा.लक्ष्मण तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारी , लायन्स क्लब अफ काठमाण्डौ बंगलामुखीका अध्यक्ष सुरेन्द्र कुमार यादब लगायतले स्वास्थ्य सम्बन्धि आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल रेडक्रास सोसाइटी पोखरा ३१ एपशाखाका सभापति रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का सिनियर ए ओ जी एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले गरेका थिए भने लायन्स क्लब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष शक्ति श्री तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन भने कार्यक्रम संयोजन रिजन चियर पर्सन एवम् लायन्स कलब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष प्रभा भुजेलले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्