बक्तृत्व कला प्रतियोगितामा गौरी शंकर मा.वि. प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २९ असोज । कृिष तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको माध्यमिक तहको विद्यालय स्तरीय बक्तृत्व कला प्रतियोगितामा गौरी शंकर माध्यमिक विद्यालयकी सोनीक्षा केसी प्रथम भएकी छन् ।

४३ औं विश्व खाद्य दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा ब्रह्मा रुपा माध्यमिक विद्यालयकी लक्ष्मी सुनार द्धितिय , अम्मर सिंह मा.वि.की निलीमा रेग्मी तृतिय र अम्बिका मा.वि.का आयुष पौडेल सान्त्वना भएका थिए ।

११ वटा विद्यालयको सहभागीता रहेको उक्त बक्तृत्व कला प्रतियोगितामा जीवन र खाद्यको आधार हो पानी भन्ने शीर्षकमा सहभागीहरुले बोलेका थिए ।

यस अघि कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले जिम्मेवारी र सामाजिक क्षेत्रको ज्ञानको हिसाबले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बब्बल रहेको दाबी गर्दै कृषि क्षेत्रको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । मन्न्त्री जिसीले मानिसले कृषि उपभोग्य बस्तु उत्पादन गर्न छोडेर बजारमा उपलब्ध मिसावट खाद्य बस्तु किनेर खाने गर्नाले अधिकांश मानिसहरुलाई विभिन्न रोग लागेका बताउँदै स्वास्थ्य जीवन जिउनका लागि हामी आफैले वाली उत्पादन गरेर उपभोग गर्नुपर्नेमा मन्त्री जिसीले जोड दिए ।

सोही कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदृेव प्रसाद हुमागाई , कुषि विकास निर्देशनालायका महानिेर्देशक वासुदेव रेग्मी लगायतले कृषिको महत्वको बारेमा आ–आफ्नो धारणा राखेका थिए  भने  कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना प्रमुख भानुभक्त भट्टराइले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्