सिलिङ्गे सहकारीले वाढ्यो आलुको विउ

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,२६ कार्तिक । आफना सेयर सदस्यहरुलाई कृर्षि उत्पादन तर्फ अग्रसर गराउेन उदेस्यले पोखरा २६ को सिलिङ्गे कृषी उत्पादन सहकारी सस्थाले आलुको विउ वितरण गरेको छ ।

आफनो खेत वारी बाझो राख्ने र वजारबाट तरकारी किनेर खाने प्रचलनलाई केही हदसम्ममा भएपनि रोक्ने उदेस्यका साथ सहकारीले ५० प्रतिशत अनुदानमा समय अनुसारका विउ विजन बितरण गर्दै आएको हो ।

यसैक्रममा सस्थाले यो वर्ष सेयर सदस्यको आवस्यकतालाई बुझेर एक सय ८० कृषकहरुलाई करिव दुई हजार के जी उन्नत जातको आलुको विउ वितरण गरेको हो ।

कृर्षि ज्ञान केन्द्रको कास्कीको अनुदानमा उपलब्ध भएको विउलाई किसानहरुलाई वितरण गरि तरकारी जन्य वास्तुमा आत्मनिर्भर हुन यस खालका कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले जानकारी दिएका छन् ।

कृर्षी क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको सस्थाले समय समयमा कृर्षी औजार,अदुवाको विउ लगाएत मौशम अनुसारका तरकारीका विउ विजनहरु वितरण गर्दै आएको सस्थाका ब्यवस्थापक विकास रानाभाटले बताएका छन् ।

सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ईश्वरी प्रसाद अधिकारी,उपाध्यक्ष यदुनाथ बराल,सल्लाहकार मुरारी शर्मा,चन्द्र बहादुर रानाभाट र कृर्षी प्रवद्धन उप समितिका संयोजक सुर्य प्रकाश बञ्जरा लगाएतले आलुको विउ पाए पछि किसानहरु उत्साहित भएकाले पुन थप विउको लागि पहल गर्ने र किसानहरुले पनि ब्यवसायिक रुपमा उत्पादन गरेर आफनो आय आर्जन बढाउनु पर्ने सुझाव राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्