लेखनाथ महोत्सव सफल बनाउन महिला उद्यमीहरुले सघाउने

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ११ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन महिला उद्यमीहरुले सघाउने भएका छन । लेखनाथ उद्योग वाणिज्य संघ र महिला उद्यमी उप–समिति विच आईतबार भएको छलफलमा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको उप–समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिएकी हुन ।

यस अघि आईतबार नै गठन गरिएको उक्त उप–समितीको सह–संयोजकमा शर्मिला श्रेष्ठ, सदस्यहरुमा शर्मीला खड्का, रुपकला श्रेष्ठ, जमुना गिरी, सरस्वती गुरुङ, मनदेवी, गुरुङ, कल्पना तिवारी, सुमीत्रा बञ्जारा, पम्फा देवकोटा, सोममाया तामाङ, लक्ष्मी पौडेल, सपना सुवेदी, प्रतिक्षा पौडेल, धनकुमारी पुन र पद्मा सिंखडा चयन भएका छन । यस्तै सल्लाहकारमा ईन्दिरा रोका, मेनुका श्रेष्ठ, रञ्जना बराल, पार्वती थापा, शान्ती खनाल र सुर्यकुमारी बञ्जरालाई चयन गरिएको छ ।

महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, कृषि उत्पादन एवं अन्य उत्पादनको प्रर्दशनी एवं विक्रिका लागी आयोजकले निशुल्क ४ वटा स्टल उपलब्ध गराउने भएको छ भने महोत्सवमा विभिन्न महिला लक्षित कार्यक्रमहरु झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमको व्यवस्थापनका लागी महिला उप–समितिले विशेष भुमिका निर्वाह गर्नेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्