शत्ति महिला सहकारीमा नयाँ नेतृत्व

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,११ मंसिर । महिलाहरु मात्र सेयर सदस्य रहेको शत्ति महिला कृर्षि सहकारी संस्था पोखरा–२६ को चौथोैं बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले पुन मिनामाया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी,सचिवमा प्रभा राजभाट,सह सचिवमा सन्तुमाया पौडेल र कोषाध्यक्षमा सारदा पौडेललाई चयन गरेको हो भने समितिको सदस्यहरुमा अम्विका खाती क्षेत्री,हरि कुमारी पाध्या,शुभद्रा ढकाल,सुरक्षा भट्टराई,आशा उदास र गिता क्षेत्री रहेका छन् ।यसैगरि भेलाले समितिको लेखा संयोजकमा विना सुनार र सदस्यहरुमा सर्मिला श्रेष्ठ र तिलसरी वि क लाई चयन गरेको निर्वाचन संयोजक नवराज ढुगानाले जानकारी दिएका छन् ।

यस अघि साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापले महिलाहरुले गरेका जुन सुकै काममा पनि पारदर्शीता र जिवन उपयोगी हुने भएकाले सस्थागत हितका लागि महेनतका साथ अगाडी वढ्दै कृषि उत्पादनलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाकी अध्यक्ष मिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २६ की महिला सदस्य लक्ष्मी भट्टराई,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णुप्रसाद बराल,सल्लाहकार नवराज ढुगाना,सस्थाकी सचिव प्रभा राजभाट र उपाध्यक्ष विष्णुमाया अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्