हाम्रो गौरव सहकारीमा अनुभवी टिमको नेतृत्व

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,११ मंसिर । हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३० को १६ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले अनुभव संगालेका ब्यक्तिहरुको टिमबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

विशेष साधारण सभाबाट नयाँ समिति चयन गरिएको सस्थाको अध्यक्षमा ग्लोवल आई एम ई वैकमा प्रदेश प्रमुखको जिम्मेवारी समाल्दै कालिका लधुवित्त सस्थाको प्रमुख कार्यकारी अधिकृत हुदै ३० वर्षको बैकि® अनुभव संगालेका महेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

यसैगरि समितिको उपाध्यक्षमा त्रिभ्वन शान्ति माविका पुर्व प्रधानध्यापक भई ४० वर्षसम्मको शौक्षीक क्षेत्रको अनुभव संगालेका लोकराज ढकाल,सचिवमा पुर्व भारतीय सेनामा लेखा क्षेत्रमा काम गरेका चन्द्रकान्त देवकोटा र कोषाध्यक्षमा पुर्व जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरेर अनुभव संगालेका नगेन्द्रप्रसाद रेग्मीलाई चयन गरेको हो ।

यसैगरि नव गठित समितिको सदस्यहरुमा चिन बहादुर गुरु®,तेज कुमारी शाही,संगिता पुन र वलराम अधिकारी रहेका छन् भने समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामजी प्रसाद न्यौपाने र सदस्यहरुमा गीता विमली र बुद्धिमाया पोखरेल रहेका छन् ।

यसैविच नवगठित समितिलाई निर्वाचन संयोजक मुत्तिनाथ सापकोटाले पद तथा गोपनीयताको सफत गराउदै पदिय जिम्मेवारी हस्तान्त्रण गरेको हो । कार्यक्रममा निर्वतवमान अध्यक्ष रामचन्द्र अधिकारी,पुर्व अध्यक्ष प्रेम प्रसाद शर्मा,पुर्व सल्लाहकार सोमनाथ वास्तोला निर्वाचन समितिका सदस्य रामचन्द्र भण्डारी र राजेश्वर शर्मा लगाएतले ब्यक्तिगत हितमा भन्दा सस्थागत हितमा काम गर्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाले विभिन्न सहकारीहरु संग एकिकरण गर्दै दुई हजार ४८ सेयर सदस्यहरुबाट छ करोड २०लाख २४ हजार एक सय सेयर पुँजी बनाउन सफल भएको छ भने सस्थाले गत आर्थीक वर्ष २०७९÷८० मा आर्थीक कारोवारका आधारमा एक करोड ७६ लाख १० हजार खुद मुनाफा निकाल्न सफल भएको सस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश ढुंगानाले जानकारी गराएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्