न्यूजील्यान्डमा पगौडा शैलीको नेपाली मन्दिर

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २० मंसिर । पोखरा महानगरपालिका वडा नं. ३१ का निवासी हाल न्यूजिलयाण्ड अपर हटसिटीमा कर्मथलो बनाएका डा.रमिल अधिकारीले पगौडा शैंलीमा नेपाली मन्दिर निर्माणका लागि अपर हट सिटी (वेलिङटन) का मेयर वेन गप्पीलाई बुधबार प्रस्तावना पेश गरेका छन् ।
३पृष्ठ लामो प्रस्तावना पत्र पेश गर्दै डा.अधिकारीले प्रार्थनाको समर्पित स्थानले हाम्रो समुदायको आध्यात्मिक आवश्यकताहरू मात्र पूरा नगरी सबै बासिन्दाहरूको लागि सांस्कृतिक केन्द्रको रूपमा पनि काम गर्ने बताए ।
मन्दिर निर्माणले समग्र ग्रेटर वेलिंग्टन क्षेत्रका सबै बासिन्दाको हेरचाह पनि गर्ने विश्वास व्यक्त गरे । न्यूजिल्यान्डका लागि नेपाल सरकारको पर्यटन दूत समेत रहेका अधिकारीले आध्यात्मिक, सांस्कृतिक र सामाजिक आवश्यकताहरू पूरा गर्ने भएकाले यसको ठूलो महत्त्व रहेको बताउँदै उक्त मन्दिर निर्माण कार्यका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए ।
त्यस्तै प्रस्तावना पत्र ग्रहण गर्दै अपर हट सिटी (वेलिङटन) का मेयर वेन गप्पीले यसलाई आफूले सकारात्मक रुपले लिएको बताए । मेयर गप्पीले जनवरीको नयाँ वर्षको कार्यक्रम सकिना साथ अपर हट सिटी र नेपालको शहर पोखरा विचको भगिनी सम्बन्ध कार्यक्रमलाई अगाढि बढाउने प्रतिक्रिया दिएका थिए ।
कोभिड १९ को समयमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत अपर हट सिटी काउन्सिल सिभिक अवार्डबाट सम्मानीत भएका नेपाली मुलको छोरा डा.अधिकारीले विदेशमा बसेर पनि नेपाललाई चिनाउन र समग्र नेपालको कला संस्कृति, शिक्षा, स्वास्थ्य, वातावरण तथा पर्यटनको क्षेत्रमा आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको गाउँले मिडियाका प्रतिनिधलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्