गोल्डेन सहकारीको आगोलागि पिडितलाई सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २२ मंसिर । गोल्डेन बचत तथा ऋण सहकारी सस्था पोखरा –८ले आगोलागि पिडितका लागि सहयोग गरेको छ ।
सहकारीले सामाजिक उत्तरदाईत्व अन्तरगत गत कार्तिक २९ गते पोखरा २९ मा नेत्रहिन संघले संचालन गरेको अपाङमैत्री समाजका आगोलागि पिडितहरुका लागि स्टेशनरी सामाग्री सहयोग गरेको हो ।

सहकारीको १५ औ स्थापना दिवसको अवसर पारेर आगोलागी पिडितका लागी विक्रि गर्ने मिल्ने गरि पेन्सिल र डट्पेन, न्योनो चप्पल र नगद रु पाँच हजार सहयोग गरिएको हो ।

सहकारीका अध्यक्ष कृष्ण प्रसाद पोखरेलकोसमेत जन्मदिन परेकाले पोखरेलको तर्फबाट अन्य केही थप स्टेशनरी र नगद समेत प्रदान गरिएको हो ।

सहकारीलेआफनो स्थापना दिवसका अवसरमा हरेक वर्षगर्दै आएको सामाजिक उत्तरदाईत्व अन्तरगत यो वर्ष नेत्रहिन संघका आगोलागि पिडितको ब्यापार ब्यवसायमा सहयोग पुग्ने गरि सहयोग गरेको हो ।

उक्त सहयोग सामाग्री सहकारीको अध्यक्ष कृष्ण प्रसाद पोखरेल,कोषाध्यक्ष कृष्णप्रसाद सुवेदी र सहकारीका अन्य संचालन समितिका पदाधिकारीहरुको उपस्थितीमा नेपाल नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदी र नेत्रहिन संघ कास्कीका अध्यक्ष सुसिल गोदारलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्