लेखनाथ महोत्सवमा सुचना प्रविधिको भरपुर उपयोग गरिने, टिकट देखी खरिद विक्रिसम्म ईसेवा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २६ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा टिकट काट्नेदेखी स्टलहरुमा हुने खरिद विक्रिसम्म सुचना प्रविधिको भरपुर उपयोग गरिने भएको छ । समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै विशेषतः युवा, विद्यार्थी वर्गलाई लक्षित गरी डिजिटल वालेट ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाईएको छ भने स्टलहरुका हुने खरिद विक्रिको लागी पनि प्रत्येक स्टलहरुमा क्यू आर कोड राखिने व्यवस्था मिलाईएको सुचना प्रविधि व्यवस्थापन उप–समितिका संयोजक विजय न्यौपानेले जानकारी दिए ।

‘‘विगतका दिनहरुका लाईनमै वसेर टिकट काट्नुपर्ने अवस्था थियो भने स्टलहरुमा पनि सिमित मात्रामा मात्र डिजिटल कारोबार हुने गर्दथ्यो, यसपटक हामिले ईसेवा सँग सहकार्य गरेर डिजिटल कारोवारको व्यवस्था गरेका छौं । जसबाट समयको वचत त हुन्छ नै सुरक्षा चुनौती समेत न्युन हुन्छ’’–संयोजक न्यौपानेले भने ।

बुधबार मात्रै महोत्सवमा सहकार्य गर्ने विषयमा महोत्सवको तर्फबाट सुचना प्रविधि व्यवस्थापन उप–समिति संयोजक ई.विजय न्यौपाने र ईसेवाको तर्फबाट गण्डकी प्रदेश ईञ्चार्ज बिनोद बोहोरा क्षेत्रीविच सम्झौतामा हस्ताक्षर भएको हो । यसबाहेक महोत्सवमा सुचना प्रविधि प्रर्दशनी, दर्शकहरुको सुविधाका लागी फ्रि वाईफाई जोन, सुरक्षाको प्रत्याभुतिका लागी ४०/४५ स्थानमा सिसि क्यामेरा जडान गरिने संयोजक न्यौपानेले वताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्