दीपशिखा सामुसदायिक पुस्तकालयमा ट्याग किशोरीलाई उपाधी

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुसदायिक पुस्तकालयमा ट्याग परियोजनाको प्रथम चरणको उपाधी समारोह सम्पन्न भएको छ । परियोजनाको प्रथम चरणको उपाधीको प्रमाणपत्र वितरण गर्दै पोखरा महानगरपालिका सल्लाहकार एवम् उद्योग वाणिज्य संघका निवर्तमान केन्द्रिय सदस्य बाबुराम गिरीले दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपालसंगको सहकार्यमा गरेको कार्य अत्यन्तै सराहनीय रहेको  बताए ।

पुस्तकालका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमममो उतm कार्यक्रमा स्वागत मन्तव्य पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले राखेका थिए ।

ट्याग किशोरीले गरेका कामहरु र यस परियोजनाले किशोरीहरुमा ल्याएको परिवर्तन समाजमा ल्याउन सकिने परिवर्तन बारे पुस्तकालका उपाध्यक्ष एंवम् पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी वडा नं २९ की सदस्य निर्मला पौडेल प्रकाश पारेकी थिइन् । ।

ट्याग परियोजनाको प्रथम चरणका सहभागीहरुलाई सम्मान समेत गरिएको सो कायैक्रममा प्रतिभा देखाउदै यस परियोजनाका सहभागी नानीहरुले आफनो आफनो मन्तव्य र नृत्य गरेका थिए । आफनो छोरीहरुमा आएको प।िवर्तनहरुका बारेमा वताउदै किशोरीका अभिभावकहरुले यस ट्याग परियोजना निरन्तर रुपमा सन्चालन भए पक्कै पनि सकारात्मक सोचले समाज परिवर्तन हुने बताए ।

सो कार्यक्रममा ट्याग परियोजनाका प्रथम चरणका ट्याग संयोजक महिमा अधिकारी,ट्याग गल्स जेनी घर्ती मगर, सफलता तिमिल्सिना र जेनिसा नेपालीले ट्यागबाट सिकेका अनुभव व्यतm गरका थिए । अभिभावकका तर्फ बाट चन्द्रमा घर्तिमगरले ट्यागको कार्यक्रमबाट किशोरीहरु सकारात्मक सोचको विकास भएको वताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्