रास्वपाका अध्यक्ष रवि पोखरामा

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने सनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् ।

गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुदै सुक्रवार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले सनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला र दिउसो दुई वजे अंमरसिह खेल मैदानमा खुल्ला आमसभाको आयोजना गरिएको पाटी स्रोतले जानकारी दिएको छ । यी तिनैवटा कार्यक्रममा पाटीका सभापति रवि लामिछाने लगाएत केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैविच सुक्रवार खुल्ला सभा हुने अमरसिह खेल मैदान वरपर समाजमा सकारात्मक परिवर्तनका लागि राजनितीक दलहरुले सामाजिक उत्तरदाईत्व बहन गर्न सके नागरिकमा पनि सकरात्मक शन्देस जाने भन्दै बृहत सरसफाई गरि खुल्ला सभाको अन्तिम तयारीमा जुटेको बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्