ज्योति विकास बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ६ पुष । ज्योति विकास बैंक लि. पोखरा शाखाले पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा ३ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना र विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीलाई संयुक्त रुपमा शुक्रबार हास्तान्तरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरु समेत उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कम्प्युटर प्रदान गरी सहयोग गर्ने ज्योति विकास बैंक परिवारलाई धन्यवाद दिंदै विद्यालयमा कम्प्युटरलाई अधिकतम प्रयोग गर्दै आधुनिक प्रविधि मार्फत अध्यापन गर्न सहयोग हुने बिश्वास व्यक्त गरे ।

यसै गरी बैंकका क्षेत्रिय प्रबन्धक विशाल लामिछानेले “हाम्रो विकास कोष प्रवद्र्धन कोष” मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीपको विकासका साथै प्रयोगात्मक सीप मार्फत गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुगोस भन्ने हेतुले कम्प्युटरहरु बैंकको पोखरा शाखाले प्रदान गरेको जानकारी दिएका थिए । कार्यक्रममा पोखरा न्यूरोड शाखाका प्रबन्धक सुबास तिवारी, क्षेत्रिय कर्मचारी लोकनारायण मानन्धर र कृष्ण प्रसाद तिवारीको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्