कवि शिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्म जयन्तीको अवसरमा कविता

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । पोखरा २७ अर्चले स्थित स्थानीय जन एकता युवा क्लबले कवि शिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्म जयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
सम्पन्न भएको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुल पोखरा २६की एलिसा मिश्रले प्रथम स्थान हासिल गरिन् ।
प्रतियोगितामा जनप्रकाश माविकी आशा परियारले द्धितीय स्थान हाँसिल गरिन् भने न्यू एरा माविकी सदिक्षा अधिकारीले तृतीय स्थान हाँसिल गरिन् ।यसै गरी त्रिवेणी पब्लिककी प्रकृति अधिकारीले चौथो स्थान हाँसिल गरिन् ।
यसै गरी जन्मजयन्तीकै अवसरमा लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा ग्लोबलका अनुपम रिजालले प्रथम स्थान हाँसिल गरे । प्रतियोगितामा अमरसिंह माविकी करुणा काफ्लेले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी सुरवी पौडेलले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी शितलादेवी माविका अनुराग सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक शिव लामिछानेले वताएका छन् । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा उनीहरुलाई पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष रमानाथ पौडेलले वताए ।१५ गते हुने मूल समारोहमा साहित्य पुरस्कारका साथै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।
लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, जनएकता युवा क्लब अध्यक्ष मनिष वाग्ले, पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ, जनएकता युवा क्लबका सल्लाहकार गोविन्द वाग्ले, जनप्रतिनिधिहरु, निर्णायक मदन घिमिरे, नवराज अधिकारी लगायतले लेखनाथ पौड्यालद्धारा रचित कविताहरु सुनाएका थिए भने लायन्स क्लब अफ लेखनाथको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल,निर्णायक ऋषिकेश बराल, लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटा लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्