पोखरेली डा अधिकारीको नयाँ गीत सार्वजनिक ( भिडियो )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

पोखरा , १४ पुष । पोखरामा जन्मेर हाल न्यूजिल्याण्डमा बसोबास गर्दै आएका डा. रमिल अधिकारीले हालै नयाँ गीत सार्वजनिक गरेका छन् ।
बाबु र छोराछोरी बिचको सम्बन्धको कथालाई समेटेर प्रस्तुत गरिएको “हाम्रो जे भनेनी तिमी” बोलको गीत क्रिसमस चाड र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको अधिकारीले बताए ।
सन्तानको रेखदेखमा आमाको भुमिका बढी देखाइने गरिएकोमा यसपटक गीतकार डा. अधिकारीले गीत बुबाप्रति समर्पित गरेर बुवालाई मूख्य भूमिकामा राखेर गीत प्रस्तुत गरिएको बताए ।
डा. अधिकारीको आफ्नै रचना र अन्स अधिकारी र प्रब्लिन अधिकारी निर्माता रहेको उक्त म्युजिक भिडियोमा महानायक राजेश हमालको मूख्य अभिनय रहेको छ भने गीतमा प्रकाश धितालको निर्देशन , उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका छन् ।
विदेशमा बसेर पनि धार्मिक, सामाजिक , पर्यटन क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँन पहला गर्दै आएका अधिकारीले भने , “गीत संगीतको माध्यमबाट राष्ट्रिय एकतालाई सुढृड गर्न , भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै हाम्रा भोलीका सन्ततीलाई सकारात्मक सन्देश दिने उद्धेश्यका साथ यो म्युजिक भिडियो प्रकाशनमा ल्याएका हौं ।” बाल गायक सुप्रिम मल्ल ठकुरी र ज्यास्पर देवा पाटेको स्वर रहेको उक्त म्युजिक भिडियो उनको अफिसियल यूटयुव च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ।
यस अघि पनि केही गीत सार्वजनिक गरिसकेका अधिकारीलाई न्यूजिल्याण्डको अपर हट सिटी सरकारले कोभिडको समयमा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरे वापत सम्मान समेत गरेको थियो ।
न्यूजिल्याण्डमा बसेर पनि नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गर्दै आएका डा अधिकारीले पोखरा शहर र न्यूजिल्याण्डको अपर हट सिटी बिच भगीनी सम्बन्धको प्रकृयालाई अगाढि बढाइरहेका छन् । आगामी जनवरीमा पोखरा र अपर हट सिटी बिचको भगीनी सम्बधलाई औपचारिक रुपमा हस्ताक्षर गरी प्रकृयालाई अगाडि बढाइने अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्