रानाभाट / भाट समाज बेगनासताल इकाईको अध्यक्षमा सम्मर बहादुर रानाभाट

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ, २१ पुष । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल स्थित रानाभाट / भाट समाज इकाईको अध्यक्षमा सम्मर बहादुर रानाभाट निर्वाचित भएका छन् । समाजको प्रथम साधारण सभा एवम् प्रथम अधिवेशनले रानाभाटलाई शनिबार आगामी कार्यकालका लागि निर्वाचित गरेको हो ।
यसै गरी सर्वसम्मत रुपमा चयन गरिएको उपाध्यक्षमा सरस्वती रानाभाट, सचिवमा महेश रानाभाट, कोषाध्यक्षमा राजन रानाभाट, सह सचिवमा शारादा रानाभाट रहेका छन् । यसै गरी समाजका सदस्यहरुमा भक्त बहादुर रानाभाट, बासुदेव रानाभाट, बिन्दु रानाभाट, गणेश सापकोटा, रेजिना रानाभाट र खिम बहादुर रानाभाट रहेका छन् ।
यसै गरी सोही अधिवेशनले भुपेन्द्र बहादुर रानाभाट, छविलाल रानाभाट, ऋषिराम रानाभाट, नवराज रानाभाट, लक्ष्मण रानाभाट लाई सल्लाहकारमा चयन गरेको छ ।
यस अघि रानाभाट ÷ भाट समाज कास्की जिल्ला कार्य समितिका सदस्य एवम् सल्लाहकार भुपेन्द्र बहादुर रानाभाटले छोटो समयमा नै बेगनासताल इकाइले ठूलो प्रगति हासिल गरेकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रमा बसोवास गर्ने रानाभाट बन्धुहरु आफ्नो पहिचानका लागि पनि एकहुनुपर्नेमा जोड दिंएका थिए ।
यसै गरी सल्लाहकार ऋषिराम रानाभाट, नवराज रानाभाट,लक्ष्मण रानाभाट र गणेश सापकोटाले आगामी दिनमा समाजलाई कानूनी रुपमा दर्ता गरी अगाडि बढाउनु पर्ने सुझाव राखेका थिए ।
समाजका अध्यक्ष सम्मर बहादुर रानाभाटले आगामी दिनमा सबै रानाभाट बन्धुहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस समाजमा सदस्य नभएका बन्धुहरुलाई पनि समाजको छाता संगठनमा आवद्ध हुन पनि आग्रह गरेका थिए ।
सचिव महेश रानाभाटले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सरस्वती रानाभाटले स्वागत गरेकी थिइन भने अध्यक्ष सम्मर बहादुर रानाभाटद्धारा प्रस्तुत अध्यक्षको प्रतिवेदन, सचिव महेश रानाभाटद्धारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजन रानाभाट द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्