हिस्टुन कोशी प्रदेशको संयोजकमा दाहाल

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २३ पुष । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रय संगठन विभागाले कोशी प्रदेशको संयोजकमा कैलाश दाहाललाई तोकेको छ ।
हिस्टुन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष टीकाराम पौडेलको प्रमुख आतिथ्यतामा जुम अनलाईन प्रविधिको भर्चुअल माध्यमबाट सोमबार बसेको कोश िप्रदेशको संयोजकमा दाहाललाई तोकेको हो ।
कोशी प्रदेशका जिल्लाहरु अन्तरगत भोजपुर जिल्लाको संयोजकमा सुनिता कट्टेल, झापा जिल्लाको संयोजकमा बद्री तिमिल्सिना, धनकुटा जिल्लाको संयोजकमा नारायणप्रसाद पौडेल, खोटाङ जिल्लाको संयोजकमा जमुना राइ, मोरङ जिल्लाको संयोजकमा राजु तिमिल्सिना, सुनसरी जिल्लाको संयोजकमा हरिलाल शाह, उदयपुर जिल्लाको संयोजकमा महेश कार्की, तेह्रथुम जिल्लाको संयोजकमा निर कुमार तेयुङ, पाँचथर जिल्लाको संयोजकमा भीष्म गौतम, संखुवासभा जिल्लाको संयोजकमा रोमराज नेपाललाई तोकिएको छ ।
बाँकी जिल्लाको संयोजक छिटै नै चयन गरिने हिस्टु केन्द्रिय महासचिव एवम्र संगठन विभाग प्रमुख शंकर तिवारीले जानकारी दिए ।
शिक्षकहरुका पेशागत हक हितका मुद्धाहरु स्थापीत गर्ने उद्धेश्यका साथ चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको हिस्टुनका वरिष्ठ उपाध्यक्ष टीकाराम पौडेलले सर्वसम्मत रुपमा चयन भएका संयोजकहरुलाई बधाई दिंदै हालै शिक्षकहरुसँग नेपाल सरकारले गरेको सम्झौता अक्षरसश पालना गर्न आग्रह गरे । शिक्षा विधेयक संसदबाट पास गर्न सरकार, विभिन्न राजनितिक दलहरु लगायत सरोकारवालाई उनले आग्रह गरेका छन् ।
यसै गरि केन्द्रिय महासचिव शंकर तिवारीले साविक उच्च माध्यमिक तहका हाल कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई राज्यले स्थायी पं्रकृयामा नलैजानु दुःखद विषय भएको बताउँदै अब पनि राज्यले शिक्षकहरुका जायज मागलाई बेवास्ता गरेमा पून शिक्षकहरु आन्दोलनमा हेमिन बाध्य हुने चेतावननी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्