आर्थीक अभावमा कोही पनि शिक्षाबाट बञ्चित हुनु पर्दैन ः महानगर प्रमुख आचार्य

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२५ पुस । पोखरा महानगरपालिका वडा न ३२ को गगनगौडामा रहेको गोगन माध्यमिक विद्यालयको ५६ औ वार्षिकोत्सव, अभिभावक दिवास एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आर्थीकको अभावमा अव कुनै पनि बिद्यार्थीहरु शिक्षाको उज्ज्यालोबाट बञ्चित हुनु नपर्नेमा जोड दिएका छन् ।
हामी पोखरालाई ब्यवस्थीत शहरको रुपमा विकास गर्दै छौ ,यसमा शिक्षा पहिलो स्थानमा छ जसका लागि राज्यले ठुलो धनराशी खर्च गरेको छ तर खर्चका अनुपातमा बिद्यार्थीले गुणस्तरिया शिक्षा नपाई रहेको अवस्थालाई ध्यानमा राख्दै सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि महानगरपालिका कार्यविधी बिनाएर अगाडी वढ्ने योजनामा छ प्रमुख आचार्यको भनाई रहेको थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख बद्रि स्ुवेदीले विकासको आधार भनेको शिक्षा भएकाले आजका विद्यार्थीलाई पठन पाठनका साथमा ब्यवहारीक र प्रयोगात्मक शिक्षाबाट स्वदेशमा नै केही गर्न सक्ने जनशत्ति उत्पादन तर्फ हाम्रो ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा स्थापना गरिएको चन्द्ररत्न वादल स्मृति,स्व.कविराम, त्रिलोचन सिता एवं स्व.कृष्णद्धा स्मृति अक्षयकोषको पुरस्कारवाट विभिन्न शिक्षक कर्मचारी एवं विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
सोही अवसरम विद्यालयका प्रधानाध्यपक मोहनराज वरालले बिद्यालयको बर्तमान अवस्था र भावी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङ, विद्यालयका शिक्षक विनोद भण्डारी र रगिता थापाले वार्षिकोत्सव कार्यक्रममा अभिभावकहरुबाट सुझाव प्रदान गरि कसरी विद्यालयको शौक्षीक विकास गर्न सकिन्छ भन्ने बारेमा सामुहिक चिन्तनको आवश्यकता औल्याएका थिए ।
वि स २०२५ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म करिव एक हजार छ सय विद्यार्थी अध्यनरत छन् भने नेपाल सरकारको दरवन्दीबाट २१ र निजी स्रोतबाट ६४ गरि ८५ जना शिक्षक कर्मचारीहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्