नेपाल रेडक्रस सोसाइटी पोखरा ३३ उपशाखाको १९औं साधारण सभा सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका ३३ उपशाखाको १९औं साधारण सभा शनिवार सम्पन्न सम्पन्न भएको छ ।  उपशाखाका सभापति टुकराज आचार्यको अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २ क बाट निर्बाचित  सांसद भीमबहादुर कार्र्कीले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा पोखरा महानगरपालिकाका  वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले मानवीय जोखिम कम गर्न जुनियर , युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गरे ।  नेपाल रेडक्रस सोसाईटी कास्कीका  जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, सल्लाहकार केशरप्रसाद निर्दोषी, उपशाखाका पूर्व सभापति यज्ञप्रसाद अधिकारी लगायतले  रेडक्रसका वारेमा आ आफना धारणा राखेका थिए ।

रेडक्रसका सात सिद्धान्त वाचन गरिएको उक्त कार्यक्रममा उपशाखाका सभापति टुकराज भण्डारीले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन उपशाखाका सचिव तुलसीमणि अधिकारीले गरेका थिए । सचिबको प्रतिबेदन र  कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने सोही अवसरमा ४ जना विशिष्ट सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्