नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको २८ औं साधारण सभा सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ , ५ माघ । नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
उक्त साधारण सभालाई सम्बोधन गर्दै पोखरा ३१का वडा अध्यक्ष ढकनाथ कंडेलले कुनै सामाजिक कार्यको ठोस प्रस्ताव पेश गरेमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारीले पोखरा ३१ मा कुर्लुङ खोला खानेपानीलाई दिर्घकालिन सुचारु रुपमा सञ्चालन गर्नुपर्ने नितान्त आवश्यक भएको बताउँदै यसको लागि आफूले रेडक्रस शाखाबाट सक्दो सहयोग गर्ने बताए । कास्की शाखाका सदस्य खगेन्द्र पराजुलीले रेडक्रस सम्बन्धि आफ्नो भनाइ राखेका थिए ।
यसै गरी कार्यवाहक सभापति बबिता सुवेदीले उपशाखाको बर्तमान अवस्थाका बारेमा चर्चा गर्दै सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । भावी योजना अन्तरगत सुवेदीले विशिष्ट सदस्य संख्यामा बृद्धि गर्ने , महिला पाठेघर र मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने, जनप्रतिनिधि र रेडक्रसका आजीवन सदस्यहरुलाई विपत व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गर्ने , युवा तथा जुनियर रेडक्रस सर्कललाई थप सक्रिय बनाउने , स्थानिय रुपमा रहेका सामाजिक संघ संस्थाको सहकार्यमा विविध कार्यक्रम सञ्चालन गर्ने, रेडक्रसका आजिव सदस्यहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गर्ने , आपतकालिन राहत कोष व्यवस्थापनका लागि सम्बन्धित निकायसँग प्रस्ताव पेश गर्ने लगायतका भावी योजना प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा उपकोषाध्यक्ष द्रोणराज अधिकारीेले स्वागत गरेका थिए भने उपशाखाका सचिव कृष्ण तिमिस्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष चिरञ्जिवी अधिकारीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यवाहक सभापति बबिता सुवेदीले जानकारी दिइन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्