पोखरा २९ का जेष्ठ नागरिकका लागि स्वास्थ्य सिविर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,६ माघ । पोखरा महानगरपालिका वडा नं २९ को आर्थीक सहयोग र वडा स्तरीय जेष्ठ नागरिक समितिको सहकार्यमा सनिवार राखिएको निःशुल्क आखा सिविरमा तिन सय चार जनाले सेवा लिएका छन् ।
वडा भित्र रहेका जेष्ठ नागरिक,अपाङ्ग र असाहायहरुका लागि स्वास्थ्य परामर्श सहिस रोग लाग्न भन्दा रोगै लाग्न नदिने उपायहरुका बारेमा जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा दुई सय ८२ जनाको आँखा परिक्षण गर्दा एक जनाको जलविन्दु र १७ जनाको मोतियाविन्दु देखिएको थियो ।
सेवा लिएका विरामीहरुलाई निःशुल्क रुपमा चश्मा तथा औषधी वितरण गरिएको थियो भने जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारको हिमालय आखा अस्पताल पोखरा लगिएको समितिका सचिव वावुराम सुवेदीले जानकारी दिएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले वडावासीलाई स्वास्थ्यका बारेमा कसरी निरोगी हुन सकिन्छ भन्ने उदेस्यले जेष्ठ नागरिकलाई केन्द्रित गरेर सिविर संचालन गरेको बताएका थिए ।
जेष्ठ नागरिक समाज पोखरा २९ का अध्यक्ष नारायण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य क्षेत्र बहादुर गुरुङले सिविर राख्नुको मुख्य उदेस्यका वारेमा जानकारी गराएका थिए । सिविरमा ९० वर्षीय भोजराज भण्डारीको आँखा परिक्षण गरि कार्यक्रम सुरु गरिएको थियो । सिविरमा हिमालय आखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्