काठमाण्डौका व्यवसायी आन्दोलित

गाउँले मिडिया
  • ख-
  • ख+

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार सटर बन्द गरी नाराबाजी गर्दै वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
व्यापारीका अनुसार पार्कीङ निषेध गर्दा व्यापार व्यवसाय ठप्प भएको बताउँदै यस्तो निर्णय सच्याउन महानगरलाई आग्रह गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले मंगलबार देखि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत कालोपत्रे सडकमा सवारी पार्कीङ निषेध गरेको हो ।
यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।
महानगरले काठमाडौँ विकल्पमा काठमाडौँ टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने उक्त टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्