जिल्लास्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी सृष्टी नेपाली प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, १८ माघ । बालोदय कला तथा शिल्प क्लबको आयोजनामा भएको जिल्लास्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी सृष्टी नेपाली प्रथम भएकी छन् । यसै गरी सोही विद्यालयकी कृष्टिना गुरुङ द्धितिय भएकी छन भने ति विद्या सदनकी इच्छा गुरुङ तृतिय र सबलाइम मा.वि.का रेजिना ढकाल सान्त्वना भएकी छिन् ।

४३ विद्यालयका ७२ जना विद्यार्थीहरु सहभागी भएका थिए । पोखरा महानगरपालिका वडा नं.१७ का वडाध्यक्ष राधिका कुमारी शाहीले प्रथम, द्धितिय , तृतिय र सान्तवना हुने विद्यर्थीहरुलाई बधाइ दिंदै यस्ता क्रियाकलापले विद्यालयहरु बिचको आपसी सम्बन्धलाई राम्रो बनाउने सुझाव दिइन् । साथै अतिरिक्तन क्रियाकलापले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरीन्।
यसैगरी गोपाल श्रेष्ठ तथा झविन्द्र गुरुङ निर्णायक मण्डलमा रहेका थिए भने शिव शिर्पालीले कार्यक्रमको संयोजन गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्