पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ ।

पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले कोटा निर्धारण र संख्या निर्धारण बारे विद्यालयहरुलाई दर्तामा समस्या नहोस भन्नका लागि महानगरको समन्वयमा अन्तक्रिया कार्यक्रम तय गरिएको बताए । माघ २८ गते सम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उनले सबै सहभागि विद्यालयहरुले अनिवार्य रुपमा म्याराथनको पोर्टलबाट मात्रै दर्ता गर्न आग्रह गरे ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यालयहरुलाई आफ्नो सहभागिता समयमा गर्न आग्रह गर्दै सहभागि सबैलाई चिप्स उपलब्ध गराउने जनाए । उनले भने–“हामी यो वर्षबाट प्रविधीलाई म्याराथनमा जोडेका छौं । यो नयाँ विषय सम्पूर्ण विद्यालयमा पुग्नका लागि समेत यो कार्यक्रम महत्वपूर्ण छ ।”

सो अवसरमा हिसान कास्कीका पुरण कुंवर, नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगर खेलकुल विकास समितिका सदस्य सचिव सुवास खड्कालगायतले पोखरा म्याराथनको तयारी र विद्यालयहरुको भूमिकाको बारेमा आफ्ना भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्