लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवको तयारी तिब्र

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२७ माघ । पोखरा महानगरपालिका वडा नं.२७ शिशुवा स्थित लक्ष्मी आदर्श मावीले स्वर्ण महोत्सवको तयारीलाई तिब्रता दिएको छ । वि स २०२५ सालमा टिनको बाकसमा सचिवालय राखी पठनपाठन सुरु गरिएको विद्यालय कास्की जिल्लाको पुर्व भेककै पुरानो विद्यालयका रुपमा चिनिदै आएको लक्ष्मी आदर्श माविले त्रिदिवसीय रुपमा स्वर्ण महोत्सव मनाउन विविध कार्यक्रमहरु गर्दै आएको छ ।
चालु शौक्षीक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउदै आएको विद्यालयले आगामी फागुन १६, १७ र १८ गते स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेको शनिवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
वि स २०७५ सालमा नै ५० वर्ष पुरा गरेको विद्यालयले स्वर्ण महोत्सव गर्ने तयारी गरिरहदाँ काभिड महामारीका कारण स्थगित गरिएको स्वर्ण महोत्सवलाई भने यो वर्ष भब्यताका साथ मनाउने लागेको हो ।
विद्यालयको ५६ औं वार्षिकोत्सव एवंम स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा बिद्यालय स्थापना कालदेखि शैक्षीक, भौतिक क्षेत्रमा सहयोग पु¥याउदै आउनु भएका चन्दादाता,जग्गादाता,अक्षयकोषदाताहरु लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् ।
स्वर्ण महोत्सवका सन्दर्भमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समारोह समिती र ३४ वटा विभिन्न उप समिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाईएको छ ।
स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण, फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने गरि तयारीलाई अगाडी वढाईएको हो ।
स्वर्णमहोत्सव तयारीका सन्दर्भमा राखिएको पत्रकार सम्मेलन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं– २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्वर्णमहोत्सवलाई प्रभावकारी तरिकाले अगाडी वढाउनका लागि भुपु विद्यार्थी देखि अभिभावक र शिक्षकहरुले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए ।
साथै वडाअध्यक्ष गुरुङले स्वदेशमानै ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि यसै शैक्षीक सत्र देखि महानगरपालिकाको आर्थीक सहयोगमा विद्यार्थीहरुलाई प्लम्विङमा ३३जना, सिलाईमा नौ जना, हेयर कटिङ मा १० जना, ईलेक्ट्रिकलमा १८ जना र ब्युटी पार्लरमा ५२ जना बिद्यार्थीहरुको भर्ना गरि पठन पाठनलाई अगाडी वढाईएको जानकारी गराएका थिए ।
बिद्यालय ब्यवस्थाप समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका प्रकाशन उप समितिका संयोजक चतुराखर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकटेल र पुर्व विद्यार्थीहरुको तर्फबाट पुर्व न्याधिस वासुदेव न्यौपाने लगायतले स्वर्ण महोत्सले विद्यालयको ऐतिहासिक विषय वस्तुलाई आम जनमानसमा पु¥याउन सक्नु पर्ने धारणा राखेका थिए ।
उत्त विद्यालयमा चालु शैक्षीक सत्रमा एक हजार ६३ जना विद्यार्थीहरु अध्यनरत छन भने विद्यालयबाट अहिलेसम्म १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ प्रस्तुत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्