मूलकोपानी र कूलको संरक्षण गर्नु आम उपभोक्ताको दायित्व हो ः पूर्व मेयर पौडेल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ ११, फागुन ।
प्राकृतिक स्रोत (मूलको पानी) र साधन राज्यको सम्पति भए जस्तै प्रगति र उन्नति गर्नु कुलको आढमा संरक्षित गर्नु आम उपभोक्ताको दायित्य भएको साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर एवम् लेखनाथ खानेपानी उपभोक्ता संस्थाका परिकल्पनाकार शालिकराम पौडेलले बताए ।
मादी गाउँपालिका वडा नं. ७ को गिउजे खोला मूहानमा आयोजित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको १९ औ वार्षिका साधारण सभालाई सम्बोधन गर्दै पौडेलले कूलको आडमा संरक्षित हुन मान सम्मान पाउनु प्रगति उन्नति गर्नु र आनन्दको अनुभूति गर्न पाउनु हरेक कूल सदस्यको अधिकार भए जस्तै पौडेलले सिमसार क्षेत्रहरुको जलाधारमा मूलको पुनर्भरण क्षेत्रमा हुने मानवीय क्रियाकलाप भने पछिल्लो समय बढिरेकोले मूलको पानी धमिलो र फोहोर बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
उपभोक्ताले नै स्रोत र साधान संरक्षण गर्दै पानीउपभोग गर्नु अहिलेको आवबश्कता भएको उनले बताए ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले विकासका नाममा विनासकारी कार्यले वर्तमान अवस्थामा सडक निर्माणको कार्यले संस्थाको आर्थिक र जनजिवनमा प्रभाव पारेकाले यसतर्फ सचेत हुदै विकासको निमार्ण कार्य गर्दा सडक, खानेपानी, विजुली, सिँचाइ विच सहकार्य हुनु पर्ने र उपयुक्त विधि अपनाउनु पर्नेमा जोड दिदै शर्माले जनताका समस्या जनताले गर्ने समाजवाद उन्मुख योजना गरी संस्थालाई अगाडी बढाउनु् पर्ने धारणा राखे ।
खानेपानी उपभोग गर्ने जनसंख्या ८८, ६०५ लेखनाथवासीलाई स्वाच्छ खानेपानी उपलब्ध गराउदै आएको उनले सो अवसरमा जानकारी दिए ।
सोही अवसरमा संघिय खानेपानी कार्यालयका प्रमुख कुलप्रसाद पौडेलले लेखनाथमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा बढ्दै गएको बताउदै बजारबासीलाई निरन्तरण स्वच्छ खानेपानी उपलब्ध गराउन आगामी दिनमा भरपर्दो पुर्वाधार निर्माणमा र सह–लगानीको रुपमा घरघरमा वितरण भएको शुद्ध पानीलाई ब्यवस्थापन गर्न सरकारको दायित्व र संस्थाको कार्य समिति देखि उपभोक्ताको समेत भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गावहादुर गुरुङ्ग, सोही गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष होमनाथ अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता संस्था समितिका पूर्व अध्यक्ष विष्णु बराल, बोधराज लामिछाने, विश्व प्रकाश लामिछाने, संचालनका समितिका सदस्य सुर्यनाथ भण्डारी, नारायण थापा, क्या.इन्द्रबहादुर गुरुङ्ग, शेरवहादुर गुरुङ्ग, संगिता पुन, नारायण हरी अधिकारी लगायतले पानीको मूहानको संरक्षण सुद्धता र स्थानीय र उपभोक्ताको समस्याका बारेमा बोलेका थिए ।
संस्थामा रहेर इमान्दार रुपमा काम गरेका कार्यालय प्रमुख शिवप्रसाद अमात्य, हरिप्रसाद पौडेल र पुर्व अध्यक्ष बोधराज लामिछानेलाई नगद सहित सम्मानपत्र र दोषल्लाले सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले धन्यवादज्ञापन गरेको कार्यक्रममा संस्थाको आर्थिक प्रगति प्रतिवदेन कोषाध्यक्ष भरतराज न्यौपाने र संचालन सचिव नारायणी भट्टराई (रक्षा) ले प्रस्तुत गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्