लेकसिटि ऐकेडेमीको १२ औं वार्षिकोत्सव सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ११ फागुन । शुक्रवार कास्कीको लेखनाथमा रहेको एक मन्टेश्वरीको वार्षिकोत्सव कार्यक्रममा वोल्ने अधिकाम्स वब्ताहरुले विद्यार्थीलाई अभिभावले मोवाईल चलाउन प्रोत्साहन नगर्नका लागि आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको लेकसिटि ऐकेडेमी एण्ड मन्टेश्वरीको १२ औं वार्षिकोत्सव एवंम अभिभावक दिवसका वक्ताहरुले केटा केटीका लागि पहिलो विद्यालय घर भएकाले घरमा सस्कार र सकृतीका कुरा सिकाउनुको सट्ट मोवाई चलाउन सिकाउने प्रचलन बढेकोमा चन्ता ब्यत्त गरिएक हुन ।

घरमा अभिभावक पनि मोवाईलमा झुण्डीने र वच्चा वच्चीहरुलाई फकाउन देखि खाना खुवाउदा समेत मोवाईलको प्रयोग गरेर वानी विगारी रहेकाले यसको रोकथाम गर्नु पर्ने आवस्यकता औल्याइएको हो ।

विग्रिएको मोवाईल बनाउन सकिन्छ तर विग्रिसकेका वालवालीकाहरुलाई सपार्न धेरै अव्ठारो हुने भएकाले सानै उमेर देखि मोवाईलबाट केटाकेटीहरुलाई टाडै राख्नु पर्ने सुझाव दिदै अधिकांश वक्ताहरुले मोवाईल पनि एक प्रकारको कुलत नै भएको उद्घोष गरेका थिए ।
यसैविच कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले नेपालमा भविश्य नदेखेर विदेशिने युवालाई कसरी रोक्न सकिन्छ भन्ने वारेमा अव नितीगत रुपमा नै सम्वोधन हुन् पर्ने सुझाव राखेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सस्थापक कुशलवावु लामिछाने स्थापना काल देखिको ईतिहासिक पक्ष र प्रिन्सिपल प्रभा कुमारी पौडेलले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाका बारेमा जानकारी गराएकी थिईन ।

सोही अवसरमा पोखरा विश्व विद्यालयकी सभासद गंगा खनाल,एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी,प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेल,पर्यटन ब्यवसायि टिकाराम सापकोटा, लक्ष्मी आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछाने,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,महासचिव जानुका अधिकारी,भिजन मन्टेश्वरी टिचर टेड्रिङ सेन्टरका संचालक दुर्गा सिग्देल,सृजना बहिरा मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ,विद्यालय संचालक समितिका सदस्य चन्द्र प्रकाश ढुगाना र शिक्षक मोनिका गुरुङ लगाएतले प्रयोगात्मक र जिवन उपयोगी शिक्षाको आवस्यकताका वारेमा जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्