फिस्टेल ओपन हाउस शनिबारबाट हुने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यव्रmम सञ्चालन गर्ने भएको छ ।

गुणस्तरीय एवम् विश्व बजारले माग गरे अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय अतिरिक्त व्रिmयाकलापमा समेत अब्बल रहँदै आएकोछ । यो विद्यालय पोखराकै एक मात्र आई.बी.पी.वाई.पी. प्रस्तावित प्रगतिशील विद्यालय हो । यस विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन भइरहेको छ । आई.बी.पी.वाई.पी. शिक्षण पद्धति तथा विद्यालयका समग्र गतिविधिका बारेमा नयाँ र पुराना सबै अभिभावकहरूलाई जानकारी दिने उद्देश्यले कार्यव्रmम गर्न लागिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।

शनिबार हुने कार्यव्रmममा अभिभावकहरूले विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिन सक्ने छन् । यस्तै नमुना कक्षाको प्रदर्शनी, विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्रीहरूको प्रदर्शनी (क्त्भ्ः प्रदर्शनी) का साथै विभिन्न सांस्कृतिक कार्यव्रmम पनि प्रदर्शन गरिने छ । यसैगरी विभिन्न खेलकुदका कार्यव्रmम र फुड स्टलहरूको प्रदर्शनीसमेत रहेको कुरा विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले जानकारी दिए ।
शनिबार सञ्चालन हुने कार्यव्रmममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरूको समेत उपस्थिति रहने छ भने विद्यालय भ्रमणको कार्यव्रmम यही फागुन १९ गते शनिबारबाट चैत्र मसान्तसम्म निरन्तर चलिरहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्