दोस्रो आलु महोत्सवको तयारी तिब्र

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २५ फागुन । “भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं” भन्ने नाराका साथ कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा आगामी चैत ३ गते दोश्रो आलु महोत्सब हुने भएको छ ।
हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिका कार्यालयको सहप्रायोजनमा हुने आलु महोत्सबको तयारीलाई तिब्र पारिएको हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी उपसमिति मार्फत तयारीलाई अगाडि बढाइएको कृषक समूहका सचिव महेन्द्र पौडेलले बताए । कार्यक्रमको तयारी अन्तरगत अतिथिहरु, सामाजिक संघ संस्थाहरु, बुद्धिजिवीहरुलाई पत्रचार गर्ने कार्य जारी रहेको पनि उनले बताए ।
कृषि, पर्यटन र व्यवसायको पंर्वद्धन गर्दै यस क्षेत्रमा हुने कृषि उत्पादनलाई बजारीकरण गर्ने मूख्य उद्धेश्यका साथ दोश्रो आलु महोत्सवको आयोजना गरी निरन्तरता दिइएको मादी गाउँपालिका वडा नं.१२ का वडा अध्यक्ष कृष्ण दाहालले बताए ।
भगवती टारको जग्गा आलुका साथ साथै कृषि उत्पादनका लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको कृषि पकेट एरियाको रुपमा विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष दाहालले बताए ।
अर्गानिक आलु उत्पादन हुने भगवती टारको पहिचान गर्नुका साथै आगामी दिनमा प्रदेश तथा संघिय सरकारको आर्थिक सहयोगबाट मादी नदीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुका साथै अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको वडा अध्यक्ष दाहालले बताए ।
यस महोत्वसमा ४ जातका आलुका साथै तरकारी तथा कृषि उपभोग्य सामानको खरिद विक्री समेत हुने मादी गाउँपालिका वडा नं.१२ का वडा सदस्य लक्ष्मी गिरीले बताइन् ।
आलुका परिकारहरु, खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका रुपमा रहेको प्रचार प्रसार उपसमितिका संयोजक मिलन केसीले बताए ।
यसै गरी खूल्ला भजन प्रतियोगितामा १५÷१६ भजन समूहको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ भने खुल्ला भजन प्रतियोगीतामा प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धि प्रसाद पौडले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्नका लागि हराभरा कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसमा प्रचार प्रसार उपसमितिको संयोजकमा मिलन केसी, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बुद्धि प्रसाद पौडेल र सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र बहादुर खत्री रहेका छन् भने मञ्च व्यवस्थापन उपसमितिमा लिला नाथ आचार्य स्टल व्यवस्थापन उपसमितिको संयोजकमा इमान बहादुर गुरुङ , अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा सबिता क्षेत्री र पूरातात्वीक सामग्री व्यवस्थापन उपसमितिको संयोजक गिरीराज आचार्य रहेको हराभरा कृषक समूहका सचिव महेन्द्र पौडेलले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्