पोखरा २७ का वडाअध्यक्ष गुरुङलाई पितृसोक

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ३० फागुन । पोखरा महानगरपालिका वडा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङलाई पितृसोक परेको छ । अध्यक्ष गुरुङका वुवा अमर वहादुर गुरुङको वुधवार ९७ वर्षको उमेरमा निधन भएको हो ।

सुगर र प्रेसरका कारण लामो समय देखि विरामी रहेका गुरुङको आफनै निवास पोखरा २७ को रिठेपानीमा निधन भएको हो ।
वेलायत सरकारमा भुपु भएर बृटिस आर्मीमा मेजर तहसम्मको उपादी हासिल गरेका स्वर्गीय गुरुङकी श्रीमती विवि कुमारी गुरुङ, छोराहरु क्याप्टेन इन्द्र वहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ, वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, मनध्वज गुरुङ, छोरी डम्वर कुमारी गुरुङ र नाती, नातिनी, पनाती, पनातीनीहरु रहेका छन् ।

स्वर्गीय गुरुङको विहिवार विहान ११ वजे धार्मीक परम्परा अनुसार घरबाट शवयात्रा गरी सेती नदिको मरेखरे घाँटमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्ठी गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्