दुई लायन्स क्लवले गरे सिजना बहिरामा सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २ चैत । लायन्स क्लव अफ पोखरा अर्घौ र लायन्स क्लव अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् ।

४४ जिल्लाका दुई सय ४५ जना विद्यार्थीहरु अध्यनरत विद्यालयमा वास्केट वल पोलको असुविधा रहेकाले उत्त समास्यलाई मध्यनजर राख्दै दुई क्लवको संयुत्त लगानीमा विद्यालय हाता भित्र निर्माण गरिएको वास्केटवल ग्राउण्डमा वास्केटवल पोल सहयोग गरिएको हो ।

लायन्स क्लव डिष्ट्रक एमका रिजन चियर प्रर्सन ई.सारदा मोहन काफ्ले र दुवै लायन्स क्लवका पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीलाई उत्त सहयोग सामाग्री हस्तान्त्रण गरेका हुन् ।

लायन्स क्लव अफ पोखरा ग्रीन टाउनका अध्यक्ष सावित्री भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ पोखरा अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगाएतले लायन्स क्लवले जहाँ जे को आवस्यकता छ सोही अनुसारको सहयोग गर्दै आएको जानकारी गराएका थिए ।

सोही अवसरमा लायन्स क्लव अफ पोखरा ग्रीन टाउनकी पुर्व अध्यक्ष विधाता श्रेष्ठले सासु आमा स्व.वालकुमारी द्धाको स्मृतिमा सन २०१२ मा स्थापना गरेको कोषबाट उक्त विद्यालयमा अध्यानरत जेहेन्दार छात्रा अस्मिता सिञ्जाली, समिक्षा न्यौपाने र खिममाया गुरुङलाई कोषको रकम प्रदान गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्