लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ पत्रकार मञ्च बिच छलफल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ७ चैत्र । लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ पत्रकार मञ्च बिच छलफल भएको छ । मंगलबार संघको सभाहलमा भएको भेटघाट कार्यक्रममा समग्र लेखनाथ क्षेत्रको विकासका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ क्षेत्रमा रहेका तालहरुमा पर्यटकीय पुर्वाधारहरुको विकास गरेर पर्यटनको माध्यमबाट आर्थिक सम्मृद्वी हासिल गर्न सकिने वताएका थिए । उनले नयाँ व्यवसायका सम्भावनाहरु खोजी गर्दै युवावर्गलाई स्वदेशमै रहेर व्यवसाय गर्ने वातावरण बनाउने विषयमा संघ चिन्तनशिल रहेको बताएका थिए ।
यस्तै संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले संघले यस क्षेत्रको सामाजीक आर्थिक विकासको लागी विगतदेखी नै पहल गर्दै आइरहेको र पोखरा–३३ पुँडीटार र शुक्लागण्डकी नगरपालीकामा बन्ने औधोगीक क्षेत्रको कार्य शिघ्र शुरु गर्ने विषयमा दबाव सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । उनले संघ सँधै कायममा विश्वास गर्ने भएकाले संघले गरेका गरेका कार्यहरुको प्रचार नभएको पनि जानकारी दिए ।
संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यस क्षेत्रको विकासको लागि विगतदेखी हालसम्म थुप्रै कार्यहरु गर्दै आइरहेको र स्थानीय सरकारदेखी प्रदेश सरकारले समेत गर्न नसकेका कार्यहरु संघले गरेकोमा यस्ता कार्यहरु ओझेलमा परेको गुनासो गरेका थिए ।
संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ) राजुझले व्यवसायीहरुको हकहितको संरक्षण गर्दै क्षमता अभीवृद्वी र व्वसायीक प्रवर्द्धन गर्ने संघको मुख्य उदेश्य रहेको भए पनि लेखनाथको समग्र विकासका लागि संघले अनवरत रुपमा पहलकदमी लिईरहेको वताएका थिए ।
सुवेदीले राज्यका विभिन्न निकायहरुसंग छलफल र सहकार्यका माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खेलकुदको विकासको लागी संघ लागीरहेको वताउँदै यस विषयमा पनि कलम चलाउन पत्रकारलाई आग्रह गरेका थिए ।
संघले हालै व्यवसायीहरुको समस्याहरुलाई बुझ्ने उदेश्यले (बजारसंग उद्योग वाणिज्य संघ) कार्यक्रम सञ्चालन गरि संघ अन्तर्गतका १३ वटा बजार ईकाइसम्म पुगीरहेको वताए । यस बाहेक कर शिक्षा कार्यक्रम, शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम, विभिन्न तालिमहरुको माध्यमबाट व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यहरु गरिरहेको वताए ।
कार्यक्रममा मञ्चका अध्यक्ष कविराज खनाल, संस्थापक अध्यक्ष भिमपाणी बराल लगायतका पत्रकारहरुले यस क्षेत्रको समग्र विकासका लागि राज्यका सबै निकायसँग लबिङ गरी अभिभावकत्वको भूमिका खेल्न आग्रह गरेका थिए । पत्रकारहरुले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट कलम चलाउन र संघसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्