सुर्यतारा (नेकोस)को खेल महोत्सवमा एल सि ब्रर्दश फाईनलमा प्रवेश

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ७ चैत्र । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा कास्कीको लेखनाथमा जारी सुर्यतारा(नेकोस) खेल महोत्सव अन्र्तगत फुटवलतर्फ एल सि ब्रर्दश लामाचौर फाईनलमा प्रवेश गरेको छ । एल.सी. ब्रदर्श लामाचौर र आर एस बिच फुटबल क्लवका विच बुधबार भएको सेमीफाईनल चरणको खेलमा निर्धारीत समयमा पनि दुवै समूहबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलीएको थियो । टाईब्रेकरमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा ४–३ को गोल अन्तरले आर एस फुटबल क्लवलाई हराउँदै एल.सी. ब्रदर्शले फाईनलमा प्रवेश गरेको हो ।
यस अघि बुधबार नै सम्पन्न अन्तिम क्वार्टरफाईनल खेलमा साहारा क्लवले बिष्णुपादुका क्लवलाई २–० गोल अन्तरले हराउँदै सेमीफाईनलको यात्रा तय गरेको छ । बिहिबार हुने दोश्रो सेमीफाईनल चरणको खेल आर्दश युवा क्लव र साहारा युवा क्लवविच हुनेछ । यस अघि आर्दश युवा क्लबले अन्नपुर्ण गाउँपालीकालाई क्वाटरफाईनलमा हराउँदै सेमीफाईनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
चैत्र ३ गतेदेखी शुरु भएको महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक्स, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समाबेश गरिएका छन ।
खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंद्र्धनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्