सुर्यतारा (नेकोस) खेल महोत्सवमा आदर्श र एल सी वदर्श फाईनलमा भिड्ने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ८ चैत्र । कास्कीको लेखनाथमा जारी सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भएको खेल महोत्सवमा आदर्श युवा क्लव लेखनाथ र एल.सी.बदर्श लामाचौर फाइनलका लागि भिड्ने भएका छन् ।
खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुदको संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका सहयोग पुग्ने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेल महोत्सव आयोजना गरिएको हो ।
चैत्र ३ गते देखि पोखरा–२९ को प्रस्तावित् भण्डारढिक रंगशालामा जारी खेल महोत्सवको छौटौ दिन बिहिवर अन्तिम सेमीफाईनल खेलमा आदर्श युवा क्लव र साहारा क्लव विच भएको खेलमा आदर्श एक सुन्यले फाईनलमा प्रवेश गरेको हो । आदर्शको तर्फबाट बिकास परियारले दोसो्र हापको अन्तिम समयमा गरेको गोलले नै टिमलाई फाईनलमा पु¥याएको हो ।
यस्तै बुधबार भएको दोस्रो सेमीफाईनलको खेलमा एल.सी.बदर्श लामाचौर र आर एस विच फुटबल क्लवका विच प्रतिश्पर्दात्मक रुपमा चलेको खेलमा निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुट आउटाका आधारमा भएको खेलमा एल.सी.बदर्श लामाचौर फाईनलमा प्रबेश गरेको थियो ।
शनिबार दिनको एक वजे हुने फाईनलमा विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सुर्यतारा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिएका छन् ।
यस्तै खेल महोत्सवमा विभिन्न आठ विधाका प्रतियोगिताहरु समावेस गरिएकोमा विहिवार देखि सुरु भएको जिल्ला स्टररिय लोक दोहोरी गिती प्रतियोगितामा नौ टिमको सहभागीता रहेको लोक दोहोरी गायक तथा कार्यक्रम संचालक शिवहरि ढुगानाले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने समुहले ३३ हजार दोस्रो हुनेले २२ हजार तृतिय हुनेले ११ हजार र सान्तोनाले पाँच हजार पुरस्कार पाउने छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्