प्रथम राष्ट्रिय ड्रागन बोट रेसका उपसमिति सक्रिय

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ९ चैत्र । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन र ड्रागन बोर्ड एशोसियसन गण्डकीको सह आयोजनामा हुने प्रथम राष्ट्रिय ड्रागन बोट रेसलाई सफल पार्न गठित उपसमितिको बैठक सम्पन्न भएको छ ।
होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कंडेल, महासचिव सुरेश लामिछाने र कोषाध्यक्ष शक्ति श्री तिवारीको उपस्थितिमा सम्पन्न भएको उक्त बैठकमा उपसमितिहरु परिचालन उपसमितिका संयोजक राममणि अधिकारीले यस क्षेत्रका स्थानीय सामाजिक संघ संस्थाहरुको साथ, सहयोग र हौसलाबाट प्रथम राष्ट्रिय ड्रागन बोट रेस सफल हुने हुँदा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
यसै गरी औपचारीक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक कृष्ण प्रसाद ढुंगाना, पोखरा शहरी योजना आयोगका सदस्य सुरेन्द्र बाबु तिवारी लगायतले यस कार्यक्रम हामी सबैको प्रतिष्ठासँग जोडिएको हुँदा सबै उपसमितिहरुले आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।
त्यस्तै गरी अतिथि सत्कार उपसमितिका संयोजक एवम् बेगनासताल महिला समूहकी अध्यक्ष हरी मायाँ तिवारी, अतिथि सत्कार उपसमितिका सह संयोजक एवम् राम मन्दिर काउराको बोट राम मन्दिर संरक्षण समितिका अध्यक्ष रेश्मा त्रिपाठी, सरसफाई उपसमितिका संयोजक एवम् नमूना टोल विकास संस्था नहरचोकका अध्यक्ष गंगा थापा, खेलाडी व्यवस्थापन उपसमितिका संयोजक गोबिन्द जलारी, स्वयं सेवक परिचाल उपसमितिका संयोजक एवम् बेगनास युवा क्लबका अध्यक्ष निराजन बराल, भ्mाँकी ¥याली व्यवस्थापन उपसमितिका सदस्य एवम् बेगनासताल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेल लगायतले यही चैत्र ११ र १२ गते हुने प्रथम राष्ट्रिय ड्रागन बोट रेसलाई सफल बनाउन आफ्नो जिम्मेबारी वहन गर्ने प्रतिबद्धनता गरेका थिए ।
होटल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कंडेल, महासचिव सुरेश लामिछाने र कोषाअध्यक्ष शक्ति श्री तिवारीले कार्यक्रम व्यवस्थापन तयारीका बारेमा जानकारी गराएका थिए ।
पोखरा महानगरापलिका तथा गण्डकी प्रदेशमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य स्थल बनाउने र समग्र पोखरा र लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेलाई दुई लाख, द्धितिय हुनेलाई एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्