पोखरामा समातिए ३ भारतीय ‘सुटर’

  • ख-
  • ख+

१८ कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् ।

उनीहरुलाई सादा पाेसाकमा गएका प्रहरीले प्रक्राउ गरेका थिए । भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउको क्रममा अपराधीको भागाभाग नै भएको थियो ।

प्रहरीले उनीहरुसँगै अर्का १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि, ती नेपालीको पनि परिचय खुलाइएको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्