ऋषिराम रानाभाट, २० फागनु ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.२८ स्थित माझठानामा भलिबल र ठेलो प्रतियोगिता हुने भएको छ ।
ढुंगेथान युवा क्लबको आयोजनामा फागुपूर्णिमाको अवसरमा फागुन २९ र चैत १ गते साविक माझठाना र कालिका वडास्तरीय भलिबल र ठेलो प्रतियोगिता हुने भएको हो । थमन परियार स्मृति खेल मैदानमा हुने उक्त प्रतियोगितामा खेलाडी संंख्या अतिरिक्त सहित ९ जना हुनुपर्ने र सहभागी दर्ता शुल्क २ हजार रहेको क्लबका अध्यक्ष मनमोहन अधिकारीेले जानकारी दिनु भयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु २५ हजार , मेडल र प्रमाण पत्र, द्धितीय हुने समूहलाई नगद रु १५ हजार , मेडल र प्रमाण पत्र प्रदान गरिने खेल प्रतियोतिाका संयोजक सुब चन्द्र नेपालीले जानकारी दिनु भयो ।
यसै गरी ठेलो तर्फ प्रथम पुरस्कार नगर रु ४ हजार ४ सय ४४ र प्रमाण पत्र , द्धितीय पुरस्कार नगद रु २ हाजर २ सय २२ र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
संकृतिको संरक्षण र सम्बद्र्धन गर्दै साविक माझठाना र कालिकामा रहेका युवाहरुबिच आपसी सदभाव र भाइचार बढाउने उद्धेश्यले हरेक वर्ष भलिबल र ठेलो प्रतियोगिता गर्दै आएको क्लबले यस वर्ष पनि आयोजना हुने प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडाका क्लबहरुलाई समाजसेवी एवम् रत्नशोभा माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य मंगल बहादुर नेपालीले आग्रह गर्नु भयो ।